२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

डेनमार्कद्वारा तीन लाख ५८ हजार डोज अस्ट्राजेनिका खोप केन्यालाई प्रदान

डेनमार्कद्वारा तीन लाख ५८ हजार डोज अस्ट्राजेनिका खोप केन्यालाई प्रदान
अ अ+ अ-

कोपेनहेगन । डेनमार्कले आफूसँग रहेको अस्ट्राजेनिकाको तीन लाख ५८ हजार ७०० डोज खोप अफ्रिकी मुलुक केन्यालाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । आगामी जुलाई ३१ मा म्याद समाप्त हुन लागेकाले उक्त खोप जतिसक्दो चाँडो केन्यालाई प्रदान गरिने छ । 

डेनमार्कले यस वर्ष करिब ३० लाख डोज खोप अन्य राष्ट्रलाई उपलब्ध गराउने योजना बनाएको छ । 

डेनमार्कका विदेशी सहायता मन्त्री फ्लेमिङ मोलर मर्टेनसेनले एक वक्तव्य जारी गर्दै सबैजना सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन नसक्ने बताउनु भएको छ । उहाँले अन्य देशको तुलनामा केन्याले खोप प्राप्त गर्न नसकेका कारण केन्याले कठिन परिस्थितिको सामना गरिरहेको पनि बताउनुभयो । 

उक्त खोप राष्ट्रसंघीय बालकोष (युनिसेफ) मार्फत ढुवानी गरिने छ । 

मार्चमा डेनमार्कले अस्ट्राजेनिका खोप आफ्ना नागरिकलाई नलगाउने घोषणा गरेको थियो । खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिएको जनाउँदै युरोपमै अस्ट्राजेनिका खोप नलगाउने घोषणा गर्ने डेनमार्क पहिलो राष्ट्र हो । 

त्यसपछि नर्वे र अन्य युरोपेली राष्ट्रले पनि यस्तै निर्णय गरेका थिए । तर युरोपेली औषधि नियामक निकाय युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले अस्ट्राजेनिका खोप सुरक्षित रहेको बताएपछि युरोपका केही देशले पुनः खोप लगाउन थालेका थिए । तर यो खोप ५० वा ६० वर्षभन्दा माथिको उमेर समूहलाई मात्र दिइएको थियो ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ को खोप अफ्रिकी मुलुकहरुमा लगभग पूर्ण रुपले रोकिएको भन्दै चिन्ता व्यक्त गरेको छ । संगठनका अनुसार गत दुई साताको अवधिमा अफ्रिकी मुलुकहरुमा कोभिडबाट संक्रमितको संख्या २० प्रतिशतले वृद्धि भएको छ । 

दक्षिण अफ्रिकामा ६० प्रतिशतभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यहाँ एक डोज लगाए हुने जोन्सन एन्ड जोन्सनका खोप लगाउने अभियान पनि संकटमा परेको छ । 

दश लाखभन्दा बढी जोन्सनका खोप अहिले दक्षिण अफ्रिकाको औषधि निर्माता कम्पनीका प्लान्टमा थन्किएका छन् । खासगरी अफ्रिकामा रहेको अमेरिकी प्लान्टमा खराबी आएपछि खोपको प्रयोगमा समस्या आएको हो । 

अफ्रिकी संक्रामक रोग नियन्त्रण केन्द्र (सिडीसी) का प्रमुखले अमेरिकी खाद्य तथा औषधि प्रशासनले प्लान्टमा आएको समस्याका बारेमा चाँडै निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो । 

डब्लुएचओका वरिष्ट खोप विज्ञ डा केट ओब्रायनले विश्वमै खोपको आपूर्तिमा समस्या भइरहेको अवस्थामा विकसित मुलुकहरुले बालबालिकालाई पनि खोप लगाउनु प्राथमिकताको विषय नभएको बताउनु भएको छ । 

उहाँले विश्व स्वास्थ्य संगठनका दृष्टिमा बालबालिकालाई अहिल्यै खोप लगाउनु प्राथमिकताको विषय होइन भन्नुभयो । 

क्यानडा, संयुक्तराज्य अमेरिका र युरोपेली मुलुकहरुले १२ देखि १५ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिन स्वीकृत गरेका छन् । 

ओब्रायनले वयस्क व्यक्तिलाई खोप दिइसकेको अवस्थामा बालबालिकालाई विद्यालय पठाउनु अघि खोप लगाउनु आवश्यक नरहेको पनि बताउनुभयो ।