३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली प्रवृत्तिलाई परास्त गरेर सबल पार्टी निर्माणमा केन्द्रित हुनुपर्छ : नेता विष्ट



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले ओली प्रवृत्तिलाई परास्त गरेर सबल पार्टी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् । 

शुक्रबार खनाल–नेपाल समूहको पार्टी केन्द्रीय सदस्यहरू भर्चुअल बैठकमा बोल्दै नेता विष्टले सो कुरा उल्लेख गर्दै त्यसो नभए नयाँ पार्टी गठनमा अघि बढ्नुपर्ने बताएका हुन् ।

नयाँ पार्टी निर्माण गरौं, तर अर्को उस्तै पार्टी मात्र नबनाऔं । जनजीविका, जनता र राष्ट्रको पक्षमा हुने पार्टी बनाऔं’, उनले भने, एकता मुद्दा र विचारमा हो, विलीन हुने होइन । हामी ओलीको षडयन्त्र र स्वेच्छाचारिताबारे सचेत छौं ।’

उनले पार्टी एकता, कम्युनिस्ट आन्दोलनको रक्षा र विकास हुन्छ भने इमान्दार प्रयास किन नगर्ने भनेर पार्टी अध्यक्ष केपी ओलीसँगको संवादलाई निरन्तरता दिएको प्रष्ट्याए । ‘हामीले हाम्रोतर्फबाट इमानदार प्रयास गरेका हौँ । यसको ध्येय आन्दोलन बचाउनु नै हो,’ उनले भने ।