काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने अवस्थालाई मध्येनजर गर्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।
मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड राख्न अनुरोध गरेको हो ।
यस्तै मन्त्रालयले जारी गरेको पत्रमा अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनिएको छ ।












