१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सत्या’ अघि अभिनय छोड्न चाहन्थे मनोज बाजपेयी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता मनोज बाजपेयीले हिन्दी सिनेमामा आफ्नो फरक–फरक पात्रले दर्शकलाई मनोरञ्जन दिँदै आएका छन् । हालै उनको फिल्म ‘सिर्फ एक बन्दा काफी है’ ले निकै सकारात्मक प्रतिक्रिया पाएको छ ।

अभिनेताका अनुसार फिल्म निर्माण गर्दा उनको टिमको नियत सहि थियो र जसका कारण पनि मानिसहरुले फिल्म मन पराए ।

“जाहिर छ, हामी जहिले पनि कुनै प्रोजेक्ट सुरु गर्छौं, त्यो हिट मात्र होइन सुपरहिट होस् भन्ने अपेक्षा हुन्छ । निर्देशक जतिसुकै ठूलो किन नहोस्, जब उसले कुनै प्रोजेक्ट सुरु गर्छ, उसलाई थाहा हुन्छ कि त्यो राम्रो स्क्रिप्ट हो जसमा उनी र उनको टोलीलाई पूरा विश्वास रहन्छ, त्यसैले उनीहरू यसलाई अगाडि बढाउँछन् । हाम्रो फिल्म यति धेरै सफल हुन्छ भन्ने हामीलाई थाहा थिएन । हाम्रो फिल्मले माया पाएको मलाई थाहा थिएन ।” उनी बताउँछन् ।

“अभिनय छाड्ने सोच एकपटक मात्रै भयो र त्यो पनि फिल्म ‘सत्या’ अघि । त्यतिबेला मैले काम पाइनँ र तपाईले लगातार जे गरिरहनु भएको छ त्यो पनि फ्लप भयो, त्यसबेला लाग्थ्यो १० वर्ष नाटक गरेँ, मेरो कामको तारिफ गर्नेहरु झुट बोल्छन् ? आफ्नै प्रतिभामाथि शंका गर्न थालें । सोच्थे म यती राम्रो छु भने किन काम पाइनँ, के कमी छु । त्यतिबेला भगवानले महेश भट्टलाई मकहाँ पठाउनुभयो । उहाँले ‘स्वाभिमान’ मा मेरो काम हेर्नुभो, त्यसमा मेरा दुईवटा दृश्य हेरियो र मलाई भेट्न सन्देश पठाउनुभयो । राति १०ः३० मा उहाँलाई भेट्न गएँ र त्यहाँबाट मेरो यात्रा सुरु भयो ।” उनले अनुभव सुनाउँदै भने ।