काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले उपप्रधान तथा शहरी विकास मन्त्रीको सपथ लिने भएका छन् ।
उनीहरुसहित राजपा र एमालेका नयाँ मन्त्रीहरुको सपथग्रहण शुक्रबार साँझ ८ बजे शितलनिवासमा हुने भएको छ।
प्रधानमन्त्री ओलीसँग अहिले मौजुदा रहेका मन्त्रालयमा गृह, उद्योग बाणिज्य तथा आपूर्ति, उर्जा जलस्रोत तथा सिंचाई, शहरी विकास, खानेपानी, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, मन्त्रालय छन् । सोही मन्त्रालयको जिम्मेवारी जसपाका नेताहरुले सम्हाल्नुहुने करिब तय भएको छ ।
यी हुन् नयाँ मन्त्रीहरु
१.राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास
२.शरत सिहं भण्डारी – उर्जा
३.अनिल झा- खानेपानी
४.बिमल श्रीवास्तव- श्रम
५.उमाशंकर अरगरिया- युवा
६.लक्ष्मण लाल कर्ण- भुमिसुधार
७.चन्दा चौधरी – महिला
८.एकबाल मियाँ- बन
९.चन्द्रकान्त चौधरी-राज्य उर्जा
१०.रेणुका गुरुङ- महिला











