२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाखमा रु २६ अर्ब क्यूआरबाटै भुक्तानी



अ+ अ-

काठमाडौँ । वैशाख महिनामा क्यूआर कोडमार्फत् रु २६ अर्ब ५१ लाख भुक्तानी भएको छ । केही समय अघिसम्म अधिकांश कारोबार नगदमा हुने गरेपछि पछिल्लो समय विद्युतीय भुक्तानीमार्फत हुने कारोबार बढेसँगै क्यूआर कोडमार्फत् हुने भुक्तानी रकम पनि बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार कुनै एक महिनामा रु २६ अर्बभन्दा बढी रकम क्यूआर कोड स्क्यानमार्फत भएको यो पहिलो पटक हो । यसअघि सबैभन्दा धेरै गत चैतमा रु २२ अर्ब ८९ करोड भुक्तानी भएको थियो ।

कोरोना महामारीको समयमा लागू भएको लकडाउनका कारण बैंक तथा वित्तीय क्षेत्र बन्द हुँदा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरिएको थियो । नेपाल राष्ट्र बैंकले तरकारी बजारसम्म पुगेर क्यूआर कोडमार्फतको भुक्तानीलाई प्रोत्साहन गरेको थियो । तरकारी बजार, पान पसल, किराना पसल, रेष्टुराँदेखि डिपार्टमेन्टल स्टोर र सपिङ मलसम्म क्यूआर कोडको प्रवर्द्धन गरेको थियो ।

राष्ट्र बैंकका अनुसार न् २०२२ को जुन जुलाईमा रु ३ अर्ब ६५ करोड भुक्तानी भएकोमा सो रकम हाल बढेर २६ अर्बभन्दा बढी पुगेको हो ।

वैशाखमा इकर्मको कारोबार रु ५२ करोड १० लाख, वालेटमार्फत रु १९ अर्ब २५ करोड ५० लाख, मोबाइल बैंकिङमार्फत रु २ खर्ब १० अर्ब, कनेक्ट आइपीएसमार्फत रु ३ खर्ब ५९ अर्बको कारोबार भएको छ ।
राष्ट्र बैंकले विद्युतीय भुक्तानीको साक्षरता बढाउनका लागि बैंक तथा वित्तीय संस्थालाई सामाजिक उत्तरदायित्व अन्तर्गतको अनिवार्य गरेको छ ।