२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

खेती लगाउने प्रयोजनका लागी मल अभाव हुँदैन : कृषि मन्त्री अर्याल

खेती लगाउने प्रयोजनका लागी मल अभाव हुँदैन : कृषि मन्त्री अर्याल
अ अ+ अ-

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले मलको अभाव नभएको बताउनुभएको छ ।

शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडमा पुगि रासायनिक मलको अवस्थाको बारेमा अनुगमन गरिसकेपछि बोल्दै मन्त्री अर्यालले खेती लगाउने प्रयोजनको निम्ति मलको अभाव नभएको बताउनुभएको हो । मल पर्याप्त रहेको उहाँको भनाई छ । मल पर्याप्त रहेपनि वितरणमा समस्या देखिएको भन्दै वितरणको समस्यालाई पनि छिटोभन्दा छिटो समाधान गरिने उहाँले बताउनुभयो । हाल मल असार र साउनको निम्ति खेति लगाउने प्रयोजनका लागि पर्याप्त भएको भन्दै उहाँले भदौँ र असोजका लागि मल ल्याउने तयारी भइरहेको भन्दै स्टक नराख्न किसानहरुलाई उहाँले आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो – ‘आजको दिनमा हाम्रो खेतीबाली लगाउन सम्मको निम्ति मल पर्याप्त छ । थोरै समस्या वितरणसँग जोडिएर छ । वितरणसँग जोडिएका समस्या हामी तुरुन्तै समाधान गर्छौ । भदौमा मल आउँदैन कि, असोजमा मल हुँदैन कि भनेर अहिले यो सिजनको निम्ति हामीले प्रवन्ध गरेको, वितरणको निम्ति ल्याएको मल आफुलाई आवश्यकताभन्दा बेसी राखिदिने अनि भर्खरै किसानले नपाउने, भोलिको निम्ति साचिदिने त्यो काम नगरिदिनका लागि अनुरोध गर्दछु । असार र साउनका लागि वितरण गरेको मल भदौ र असोजको लागि स्टक नराख्नु मल पर्याप्त छ ।’

उहाँले कृषि सामग्री कम्पनी लिमिटेडलाई कृषकको पहिचान सहित मल वितरणको व्यवस्था मिलाउन निर्देशन समेत दिनुभएको छ । उहाँले सहकारीहरु दोस्रो पटक मल लिन आउँदा पहिलो पटक लगेको मल वितरणको मुल्य सूचिसहितको विवरण माग गरेर मात्रै दिन पनि निर्देशन दिनुभयो । स्थानीय तहलाई पनि पत्राचार गरेर मल स्टक नराख्न अनुरोध गर्नुपर्ने, मलको आपुर्ति र वितरण सँग जोडिएका कर्मचारीलाई स्वास्थ्य प्रोटोकल पालना गरेर निरन्तर सेवा प्रवाहमा खट्न पनि उहाँको निर्देशन छ । उहाँले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई आपुर्ति र वितरणको दैनिक विवरण कृषि मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेडले हाल रासायनिक मल यूरिया २० हजार ८६ दशमलव ९५० मेट्रिक टन, डि.ए.पी ३९ हजार २ सय ८६ दशमलव ६८८ मेट्रिक टन, पोटास ४ हजार १ सय ४६ दशमलव ६५० मेट्रिक टन र कृषि चुन ४ सय ४४ दशमलव ५७५ मेट्रिक टन मौज्दात रहेको बताएको छ । साथै साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँग हाल रासायनिक मल यूरिया मल १५ हजार २ सय ४ मेट्रिक टन, डि.ए.पी. १४ हजार ४ सय ४४ मेट्रिक टन र पोटास ३ हजार ८ सय ९६ मेट्रिक टन मौज्दात रहेको छ जनाएको छ । त्यस्तै रासायनिक यूरिया मल ६५ हजार मेट्रिक टन असार महिना भित्रै प्राप्त हुने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङग कर्पोरेशन लिमिटेडले संयुक्त रुपमा जानकारी गराएका छन् ।