काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्न लागेका छन् । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएसँगै मन्त्रालयमा हेरफेर गरिएको हो ।
प्रम ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् ।
ओलीले अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका हुन् ।
यो पनि : महासेठलाई परराष्ट्रसहित उपप्रधानमन्त्रीको जिम्मा, पौडेलले उपप्रधान र अर्थ मन्त्रालय सम्हाल्ने











