२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारमा तीन जना उपप्रधानमन्त्री



अ+ अ-

काठमाडौं । वर्तमान केपी ओलीको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् । प्राप्त समाचारअनुसार विष्णु पौडेल उपप्रधानमन्त्री र अर्थमन्त्री, रघुवीर महासेठ परराष्ट्रसहित उपप्रधानमन्त्री र राजेन्द्र महतो शहरी विकाससहित उपप्रधानमन्त्री हुने भएका हुन् । 

यसअघि भने इश्वर पोखरेल एकजना मात्र उपप्रधानमन्त्री थिए । तर उनी पनि प्रधानमन्त्री कार्यालयमा रहनेगरी भनी विनाविभागीय जस्तो थिए । यस पटकको मन्त्रिमण्डल पुनर्गठनमा उनी बाहिरिएका छन् । 
 वर्तमान ओली सरकारमा यसअघि माओवादी केन्द्र सरकारमा सहभागी थियो भने उ निस्किएपछि एमालेकै अल्पमतको सरकार थियो । सरकारमा आजदेखि जसपा प्रवेश गरेको छ । सरकारमा जसपाको नेतृत्व गर्ने राजेन्द्र महतोले उपप्रधानमन्त्री पदको दाबी गरेपछि प्रधानमन्त्रीले पनि आफ्नो दलबाट दुई जना थपेका हुन् ।  

पोखरेल सरकारमा नरहने भएपछि एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बनेका हुन् । त्यस्तै शेरबहादुर तामाङले भने राम्रो मानिएको स्वास्थ्यमन्त्री पाउने भएका छन् ।