२४ मंसिर २०८२, बुधबार
,
Latest
किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

३८ जनाले ३ वटा शौचालय प्रयोग गर्थे, हिरो बनेपछि ज्याकीलाई निजी शौचालय



अ+ अ-

एजेन्सी । ज्याकी श्राफले हालै एक अन्तर्वार्तामा आफ्ना विगतका दिनहरू सम्झाए । ३८ जनाले जम्मा ३ वटा साझा शौचालय मात्र चलाउने गरेको ठाउँमा उनी बस्थे ।

तर, जब ज्याकीका फिल्महरू सुपरहिट भए र उनी चर्चित नायक बने, त्यहाँका मानिसहरूले उनलाई एउटा निजी शौचालय दिए जुन ज्याकीले मात्र प्रयोग गर्थे ।

मुकेश खन्नालाई दिएको एक अन्तर्वार्तामा ज्याकीले सुरुका दिनहरूबारे भने, ‘जब निर्माताहरू मलाई मेरो घरमा भेट्न आउनुहुन्थ्यो, हामीले ठाउँ बनाउनुपर्थ्यो । हामी दुईवटा बाकसहरू एकसाथ राखेर उनीहरूलाई बस्ने ठाउँ बनाइदिन्थ्यौं र एउटा बाकसलाई टेबुलको रूपमा प्रयोग गर्थ्यौं । त्यहाँ बस्दा अगाडि मरिन ड्राइभ, पछाडि मेरो घर र छेउमा मेरो बाथरुम देख्थे ।

ज्याकीले थपे, ‘हामीसँग ७ कोठा र ३ वटा शौचालय थिए । यी खोलीमा जम्मा ३८ जना बस्थे । बिहानैदेखि शौचालय जान लाइनमा बस्नुपरेको थियो । मलाई सुटिङमा जान हतार हुन्थ्यो तर पर्खनुको विकल्प थिएन । पछि जब मेरा फिल्महरू हिट भए, उनीहरूले मलाई निजी शौचालय दिए । यसो गर्नाले अरु सबैको कष्ट झन् बढ्छ भनेर मैले पर्दैन पनि भनेँ । तर सबैले तिमी हाम्रो नायक हो भन्दै मलाई निजी शौचालय दिए ।