३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान ओलीको सरकारमा आलोपालो मन्त्री हुँदै यी दम्पत्ति



अ+ अ-

काठमाडौं । वर्तमान केपी ओलीको सरकारमा रघुवीर महासेठ दम्पत्ति पालैपालो मन्त्री भएका छन् । यसअघि २०७४ चैत २ गते भएको मन्त्रिपरिषद् विस्तारमा भौतिक पूर्वाधार मन्त्री भएका रघुवीर महासेठ २०७७ पुस १० गतेको मन्त्रिमण्डल हेरफेरमा बाहिरिएका हुन् ।  

५ पुसमा प्रधानमन्त्री ओलीले एकलौटीरूपमा संसद् विघटन गर्ने निर्णय लिएसँगै मन्त्रिपरिषद्मा रहेका माधवकुमार नेपाल पक्ष र पुष्पकमल दाहाल ुप्रचण्डु पक्षका मन्त्रीहरूले राजीनामा दिएसंगै दाहाल-नेपाल समूहमा आएकी महासेठकी श्रीमती जुलीकुमारी महतो मन्त्री हुने भएपछि ओली समूहमा फर्किइन्। 

त्यसपछि महासेठकी श्रीमती महतोलाई ओलीले महिला बालबालिका मन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषदमा ल्याए। हाल मन्त्रिपरिषद् पुनर्गठन गर्दा महतो बाहिरिने भएसंगै ओलीले महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।