३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिक्टोरियन शैलीका फर्निचर, नेपाली श्रम र शिल्पीमा नेपालमै निर्माण



अ+ अ-

काठमाडौं । मनै लोभ्याउने आकर्षक फर्निचरहरु, झट्ट हेर्दा विदेशतिर बनेका जस्ता । अझ बेलायतको भिक्टोरियन युगको शैली पछ्याएका यी फर्निचर विदेशमा होइन नेपाली श्रम र शिल्पीले तयार पारेका हुन् ।

बिगत २५ वर्षदेखि फर्निचर व्यवसायमा संलग्न व्यवसायी प्रकाशजंग बहादुर राणा स्वदेशी शिल्पी र सम्भव भएसम्म स्वदेशी कच्चा पदार्थबाट यी फर्निचर उत्पादन गर्दै आउनु भएको छ । अहिले यस्ता फर्निचरको माग अनुसार आपूर्ति  गर्न नसक्दा यसको बजार सम्भावना प्रशस्तै देख्नुहुन्छ राणा ।

काठमाडौंको बालुवाटारमा रहेको इम्पेरियल फर्निचर प्रा.लि. मार्फत यस्ता फर्निचर निर्माण गरिरहनु भएका राणाले भन्नुभयो– हातमा सीप छ भने रोजगार खोज्दै विदेश जानु पर्छ भन्ने नै छैन । यहीँ प्रशस्त अवसर छ तर लगनशील भने हुनुपर्छ ।

तत्कालीन प्रधानममन्त्री जंगबहादुर राणा बेलायत जाँदा यस्ता फर्निचर नेपाल भित्र्याउनु भएको थियो ।  त्यसबेला बेलायतकी महारानी भिक्टोरिया हुनुहुन्थ्यो जसका कारण राणाले निर्माण गर्नु भएका फर्निचरलाई भिक्टोरिया फर्निचरको नाम दिनुभयो ।

शौखका रुपमा सुरु गर्नु भएको यो व्यवसाय आज भरपर्दो पेशा बनेको छ राणाको । मान्छे कि पढेर कि परेर जान्दछ भने जस्तै उहाँले पनि इन्टेरियर डिजाइन बारे कुनै औपचारिक ज्ञान लिनु भएन तर सिक्दै जाँदा एक परिपक्व इन्टेरियर डिजाइनर बन्नु भएको छ राणा ।

व्यवसायमा लाग्न दाजु विकास राणाको प्रेरणालाई मुलमन्त्र मान्नु भएका राणाले आफ्ना लागि परिवारका लागि हुँदै व्यवसायिक रुपमा नै फर्चिनर निर्माण गर्न थाल्नुभयो ।  भिक्टोरियन युगको फर्निचरका लागि प्रायः नेपाली काठहरु नै प्रयोग गर्ने गरिन्छ भने कपडाहरु भने भारतबाट आयात हुन्छ ।

ग्राहकहरुको आवश्यकता र माग अनुसार अन्य तेस्रो मुलुकबाट पनि कपडा ल्याई आकर्षक फर्निचर निर्माण हुन्छ । गुणस्तरमा सम्झौता नहुने भन्दै राणाले भन्नुभयो – एउटा फर्निचर बनाउन महिनौ लाग्छ तर छिटो दिने नाममा सम्झौता भने हुँदैन, ग्राहकको समयमा होइन कि हाम्रो समयमा हामी सामान तयार पार्छौं  । कहिल्यै पुरानो नदेखिने यी फर्निचर पुनः बिक्री गर्दा पनि मूल्यमा खासै अन्तर भने हुँदैन ।  

अन्य क्षेत्रमा जस्तै यो क्षेत्रमा दक्ष कामदारको अभाव त छँदैछ, त्यसमा पनि चलनचल्तीका भन्दा फरक किसिमको निर्माण गर्नुपर्ने हुँदा यसमा विशेष सीपको आवश्यकता पर्दछ त्यो संख्या न्यून मात्र छ ।

हाल १५० जनालाई रोजगारी दिइरहनु भएका राणाले भन्नुभयो – जनशक्तिको चापले धान्न सक्नेमात्र अर्डर लिन्छौं त्यसैले दबाब नराखी काम गर्छौं । प्रायः उच्च घरानीया र नेपालमा कार्यरत विदेशी नियोगमा काम गर्ने व्यक्तिहरुको रोजाईमा पर्ने गरेको भिक्टोरिया फर्निचरका मूल्य नमुना र गुणस्तरले निर्धारण गर्दछ ।

घर जतिसुकै आधुनिक बनाए पनि पैसा खर्च गर्न चाहना राख्नेहरुले फर्निचर भने क्लासिक खालको चाहना गर्छन् । जसले घरको सुन्दरतालाई नै फरक पार्दछ । भनिन्छ, सुनमा सुगन्ध थपेजस्तो । माग अनुसारको आपूर्ति गर्न नसक्नु भएका राणालाई व्यवसाय बिस्तारका लागि विशेष योजना नै चाहिएको छैन । प्रयोग गरिसेकको ग्राहकबाट अर्को ग्राहक हुँदै थुप्रैलाई व्यवसायिक सेवा उपलब्ध गराउनु भएका राणाले भन्नुभयो – ग्राहकको विश्वास नै सबैभन्दा ठूलो बजार हो । विश्वास बढ्दै गएपछि बजार त बढिहाल्छ नि ।
 

के हो भिक्टोरियन युग
भिक्टोरियन फर्निचर भन्नाले खासरुपमा बेलायती साम्राज्यकी रानी भिक्टोरियाको शासनकालमा अपनाइएका शैलीका फर्निचरलाई बुझिन्छ । रानी भिक्टोरियाले बेलायतमा सन् १८३७ देखि १९०१ सम्म शासन चलाएकी थिइन् । उनको शासनकालमा बेलायती कला, साहित्य, ज्ञान, विज्ञान जस्ता क्षेत्रले ठूलो फड्को मारेको थियो ।

तिनै रानीको सम्झना अहिले विभिन्न क्षेत्रमा गरिन्छ । भिक्टोरियाको समयका फर्निचरको शैली विश्वभर लोकप्रिय हुनुका साथै फर्निचरका शौखिनका लागि विशिष्ट महत्व राख्दथे । डाइनिङ हल होस् वा शयन कक्ष भिक्टोरियन फर्निचरले छुट्टै पहिचान बनाएका थिए । एन्गुलर आकृतिका यी डिजाइनमा फूल, पात र वक्र रेखाको प्रयोग गरिन्छ । ओखर, गुलाफ र महोगानी रुखका काठहरु प्रयोग गरेर बनाइने यी फर्निचर गहिरो बदामी रङका हुन्छन् ।