• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

ओ एस आर डिजिटल र डिशहोम विच सहकार्य



काठमाडौँ । नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओ एस आर डिजिटल र डिशहोम विच सहकार्य गर्ने सम्झौता भएको छ ।

ओ एस आर डिजिटल संग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ ।

ओ एस आर डिजिटलका विभिन्न ‘Exclusive Contents’ हरु अव डिशहोमको पे पर भ्यु र ‘Exclusive Channels’ हरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन् । यसवाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न ‘Exclusive Contents’ को मज्जा लिन सक्नुहुनेछ भने नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।