२३ असार २०८३, मंगलवार
,
Latest
जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधाज्ञाको अवधिमा भीडभाड बढेपछि प्रहरीद्वारा थप कडाइ



अ+ अ-

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको अवधिमा भीडभाड बढेपछि प्रहरीले थप कडाइ गर्न थालेको छ । स्थानीय प्रशासनले बिहानको समयमा उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्री वितरण गर्न अनुमित दिएसँगै बिहानको समय हेटौँडा बजारमा भीडभाड देखिएपछि प्रहरीले थप कडाइ गर्न थालेको हो । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड–१९ सङ्कट व्यवस्थापनले बजार निषेधाज्ञामा बजार क्षेत्र भीडभाड नहोस् भन्दै उपभोग्य वस्तु बिहान ४ः०० देखि ९ः०० बजेसम्म बिक्री वितरण गर्न अनुमति दिएपछि बजार क्षेत्रमा भने अत्यधिक भीड हुने गरेको छ । 

विशेषगरी हेटौँडा बजारको बुद्धचोक, उद्योग वाणिज्य सङ्घ क्षेत्र, कान्तिराजपथ, सीमाचोक, शीतलमहलचोक, सोनोपोखरा चोक, सङ्गमचोक, स्कुलरोडलगायत स्थानमा अत्यधिक भीड देखिएको हो । बजार क्षेत्रमा निजी सवारी साधनको पनि भीडभाड देखिएपछि प्रशासनले निषेधाज्ञा पालना गराउन व्यापक प्रहरी परिचालन गरेको छ । 

बजार क्षेत्रमा भीडभाड बढेसँगै कोरोना सङ्क्रमणको जोखिम पनि बढेको हो । मकवानपुरमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या घट्दै र सङ्क्रमण निको हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा हालसम्म नौ हजार ११९ जनामा कोरोना पुष्टि हुँदा छ हजार ८४१ जना सङ्क्रमणमुक्त अर्थात् निको भइसकेका छन् ।

    पसल सञ्चालकलाई कारबाही

हेटौँडामा जारी निषेधाज्ञाको अवधिमा विभिन्न व्यावसायिक पसल सञ्चालन गरेको आरोपमा तीन पसल सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । 

एउटा हार्डवेयर पसल, एउटा कपडा पसल र एउटा स्कुलरोडको घर संसार मिनी मार्केटका सञ्चालकलाई नियन्त्रणमा लिएर  प्रशासनले रु १०÷१० हजार जरिवाना गरेर छाडेको हो ।  हेटौँडामा पछिल्लो पटक स्थानीय प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सबै सवारी साधनलाई नियमानुसार प्रहरीले कारबाही गर्दै आएको छ । 

कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी साधनलाई जनही रु दुईदेखि पाँच हजारसम्म जरिवाना गरिँदै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    स्वास्थ्कर्मीलाई सामग्री

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ९इनास० युएईले हेटौँडा अस्पतालमा पिपिई सेट उपलब्ध गराएको छ । नेपाली कलाकार समाज (इनास) युएईको सहयोगमा ३५ थान पिपिई अस्पतालमा  कार्यरत स्वास्थ्कर्मीलाई लक्षित गरी उपलब्ध गराइएको हो  । 

इनासका अध्यक्ष राम तामाङसहित पदाधिकारी र ग्लोबल आइसिसीको सहयोगमा ३५ थान पुनः प्रयोग गर्न मिल्ने पिपिई सेट सहयोग गरेको इनासका पूर्वमहासचिव एलिसराज सञ्जेलले बताउनुभयो । 

यसैबीच राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझा र उहाँका श्रीमान् आरआर चौलागाईंले  हेटौँडा अस्पतालमा कार्यरत स्वास्थ्कर्मीलाई मास्क र ग्लोब्स उपलब्ध गराउनुभएको छ । उहाँ दुवैजनाले कोरोनालाई जितेपछि अस्पतालमा कार्यरत सबै स्वास्थ्कर्मीलाई २७ प्याकेट मास्क र पाँच प्याकेट ग्लोब्स उपलब्ध गराउनुभएको हो ।