२३ असार २०८३, मंगलवार
,
Latest
जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लस भेगास : कोभिड पराजित गर्दै पूर्ण रुपमा खुल्यो



अ+ अ-

जुवा र मनोरञ्जनका लागि विश्वभर नै चर्चित लस भेगास पूर्ण रुपमा खुला भएको छ । झण्डै एक वर्षपछि लस भेगास खुला भएको हो । शहर खुला भएको खुशीयालीमा ठूलो संख्यामा मानिसहरु भेला भएका थिए, र उनीहरुका अनुहारमा मास्क थिएन ।

बिना मास्क निस्फिक्री घुमघाम, खानपिन, सांगीतिक कार्यक्रम र कन्सर्ट गरेर नयाँ दिनलाई स्वागत गरिएको थियो । सामाजिक वा भौतिक दूरीको पनि बेवास्ता गरिएको थियो ।

अमेरिकामा खोप अभियान तिब्र बनाइएसँगै दैनिक संक्रमण दरमा व्यापक कमी आएको छ । मानिसहरु खुला एवं बिना मास्क स्वतन्त्र रुपमा घुमफिर गर्न थालेका छन् ।

एउटा कन्सर्टमा उदघोषकले भन्दै थिएः “लस भेगासका लागि आजको दिन ऐतिहासिक रात्रि हो ।” उनी पनि बिनामास्क मञ्चमा थिए । र यस कन्सर्टमा भेला भएकाहरुले मास्क लगाएका थिएनन् ।

स्थानीय समय अनुसार मंगलबार मध्यरात जोई बोई ब्यान्डले विशाल कन्सर्ट प्रस्तुत गरेको थियो ।

कन्सर्टमा भेला भएका मानिसहरु खुशीले गदगद भएका थिए । “कोभिडको त्रास सकियो, हामी यसरी खुला हुन पाएकामा ज्यादै खुशी छौं ।”

यहाँका सम्पूर्ण व्यवसाय पूर्ण क्षमतामा सञ्चालन हुन थालेका छन् । कोभिड–१९ सँग सम्बन्धित कुनै पनि प्रतिबन्धहरु यहाँ छैनन् । सबै खुला छ । लस भेगासका क्यासिनोहरु पुरै खुलेका छन् । तर क्यासिनोमा आउँदा खोप नलगाएका व्यक्तिलाई भने मास्क लगाउन भनिएको छ ।

पर्यटन नै आयस्रोत रहेको लस भेगासमा सन् २०२० को अप्रिलमा बेरोजगारी दर झण्डै ३४ प्रतिशत पुगेको थियो । अहिले लस भेगासका होटलहरु सप्ताहान्तमा ८० प्रतिशत बुकिङ भएका छन् भने अरु दिन ५० प्रतिशत बुकिङ भइरहेको स्थानीय सरकारले जनाएको छ ।

अमेरिकाका अन्य ठूला शहर एवं व्यापारिक केन्द्रहरु व्यापक स्तरमा खुल्न थालेका छन् । (सिएनएन)