२३ असार २०८३, मंगलवार
,
Latest
जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँका सबैमा कोरोना सङ्क्रमण, उपचारमा समस्या



अ+ अ-

डोटी । जिल्लाकोे आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड–१९ ले प्रभावित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ ।

 सिङ्गो गाउँ नै कोरोना सङ्क्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । गाउँका अधिकांश नागरिकलाई सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गरिरहेका गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “सिङ्गो गाउँ नै कोभिड सङ्क्रमणले प्रभावित छ, केहीले कोरोना जाँच गर्न मानेका छैनन्, सङ्क्रमितको उपचारमा पनि समस्या छ ।”

उहाँका अनुसार ५२ जना सङ्क्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी रहेका कारण उपचार गर्नमा झनै समस्या उत्पन्न भएको हो । यतिमात्र नभई एउटै परिवारका छ जनासम्मलाई सङ्क्रमण पुष्टि भएको पाइएको छ । गाउँका अधिकांशलाई सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गर्ने गरेका छन् ।

सङ्क्रमित देखिएका ५२ जनामध्ये अहिलेसम्म कुनै सङ्क्रमितलाई अस्पताल भने भर्ना गरिएको छैन् । सङ्क्रमित देखिएकाहरुमा जटिल खालको स्वास्थ्य समास्या नदेखिएका कारण अस्पताल भर्ना नगरी घरैमा होमआइसोलेशनमा राखिएको सिनियर अहेब खड्काले जानकारी दिनुभयो । यस गाउँमा रहेको स्वास्थ्य चौकीमा दुई स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएका कारण सङ्क्रमित देखिएकाको उपचार तथा रेखदेख गर्नमा समस्या उत्पन्न भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सङ्क्रमितको उपचारका लागि थप स्वास्थ्यकर्मी माग गर्न गाउँपालिकालाई स्वास्थ्य शाखाले आग्रह गरेको छ ।