२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

विपतको सामना गर्न पूर्वतयारी गरिरहेका छौँः डा पोखरेल

विपतको सामना गर्न पूर्वतयारी गरिरहेका छौँः डा पोखरेल
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपतको सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ । 

प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपतहरु बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल शुरु गरेर तयारी थालेको बताउनुभयो । 

कोभिड संक्रमणको जोखिम शहरबाट गाउँ गाउँ पुगेको अवस्थामा विपतको उद्दारमा खट्ने जनशक्तिलाई संक्रमण हुनबाट कसरि बचाउने भन्न चुनौति रहेको प्रमुख पोखरेलले बताउनु भयो । विपदमा उद्धार ब्यबस्थापन गर्न पहिलो पक्ष स्थानीय सरकार भएकोले र अहिले स्थानीय सरकारहरुले विपदपूर्वको काम गरिरहेको पनि प्रमुख पोखरेलले बताउनु भयो । सरकारले विपदको समयमा खट्ने वर्गको पहिचान गरि खोप लगाउन सके काममा सहज हुने बताउनुभयो ।  

उहाँले भन्नुभयो – ‘मुख्यगरी संघीय सरकारका सबै मन्त्रालयहरुले के–के तयारी गर्नुपर्ने हुन्छ, जस्तो उदाहरणका लागि सिँचाइ मन्त्रालयले यसको लागि तार जालीहरु हुनसक्ला, तारबार हुनसक्ला त्यस्ताखालका चिजको स्टक अझै राखिराख्ने । मुख्य बाढी आउने ठाउँहरु कहाँ कहाँ हुनसक्छन् त्यो जिल्लाहरुमा त्यहाँका कार्यालयहरुमा अहिले नै यसलाई परिचालन गरेर राखिराख्ने । 

गृहमन्त्रालयले लजिस्टिक क्लस्टरका लागि चाहिने सामग्रीहरु, उपकरणहरु । प्रदेशमा हाम्रो गोदाम घरहरु छन् । गोदामघरमा टेन्टदेखि लिएर सबै उपकरणहरु त्यहाँ लगेर स्टक गरिराख्ने । बन्दोबस्त गरिराख्ने । कुनै ठाउँमा रबरका ढुंगाहरु कम हुन सक्छन् । त्यसको परिचालन गर्ने काम हुन्छ । त्यो सँगसँगै हामीले यो वर्ष पहिरोको लागि प्रभावमा आधारित पूर्व सुचना प्रणाली सुरुवात गर्दैछौँ हामीले नौ वटा नेपालका पहिरोका उच्च जोखिम भएका जिल्लाहरुमा बाढीको पूर्वानुमान, त्यसैको अनुमानको सिकाइका आधारमा प्रभावलाई स्थानीय समुदायमा, जिल्लामा त्यहाँका मिडियाहरुमा रेडियो, एफएमबाट कसरी यसलाई प्रसारण गर्न सकिन्छ भनेर स्थानीय पालिका, जिल्ला, प्रदेश सरकारसँग मिलेर हामीले पहिरोको सुचना प्रणालीमा पनि हामीले काम गर्दैछौँ । यो सबै काम गर्न हामीले सुरक्षा निकाय मुख्यगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेतको संयुक्त कार्ययोजना बनाएर , सबैको आआफ्नो कार्ययोजना बनाएर त्यसलाई समष्टि गरेर त्यसको आधारमा हामीले कार्ययोजना बनाई लागु गर्ने हिसाबले हामी जान्छौँ ।’

विपतमा उद्दारमा खट्ने फ्रन्टलाइनर्सहरुलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्थापन गर्नेबारे सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘यसको लागि पोहोर सालदेखि नै हामीले सुरुवात गरेका थियौँ । रेस्पोन्डर्सहरुलाई कसरी सुरक्षित राख्ने,  पिपिई, डिसइन्फेक्शन गर्ने प्रणालीहरु, त्यो प्राटोकलहरु स्वास्थ्य मन्त्रालयले यसलाई लिड गर्नुहुन्छ । सुरक्षा निकायले प्रोटोकल अनुसार गर्ने र नेपाल रेडक्रसका स्वयम्सेवकलाइ पनि हामीले यो प्रोटोकल बारे जानकारी गराएका थियौँ । त्यही अनुभवलाई हामीले  यो वर्ष पालना गर्नुपर्ने हुन्छ । यसवर्ष हामीले स्वास्थ्य मन्त्रालयसँग फ्रन्टलाइनर स्थानीय पालिकामा हुने स्वयंसेवी, रेडक्रसका स्वयंसेवक, सुरक्षाकर्मी जसले विपतमा उद्दारकर्ताको काम गर्नुहुनछ उहाँहरुलाई खोपमा प्राथमिकता दिने कुरामा स्वास्थ्य मन्त्रालय र विभिन्न मन्त्रालयसँग समन्वय गरेर तयारी गर्दैछौँ ।’

यस वर्ष विपतका घटना बढ्नसक्ने सम्भावना रहेको भन्दै उहाँले जोखिम कम गर्ने सम्बन्धमा पूर्वतयारी थाल्नपनि सबैको ध्यानाकर्षण गराउनुभएको छ ।