२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमाथिको छलफल जारी, राष्ट्रियसभामा अर्थमन्त्रीले जवाफ दिने



अ+ अ-
काठमाडौँ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल दुवै सदनमा जारी छ ।
प्रतिनिधिसभाको आज विहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महालेखा परीक्षकको ६०औँ प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ । साथै आजको बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ । साथै आजको बैठकमा नेकपा (एमाले)का तर्फबाट २०४८ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित, २०६३ सालको संविधानसभामा मन्त्रिपरिषद्बाट  मनोनीत सदस्य महेश चौधरीको निधनप्रति शोक प्रस्ताव पेस हुनेछ ।
साथै राष्ट्रियसभाको बैठक विहान ११ः३१ बजे बस्नेछ । जसमा  आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ भने त्यसक्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले दिनुहुने सम्भावित कार्यसूची छ ।