२३ असार २०८३, मंगलवार
,
Latest
जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड–१९ भाइरस पत्ता लाग्नुअघि वुहान प्रयोगशालामा सङ्क्रमण थिएन : चीन



अ+ अ-

एजेन्सी । चीनको हुबेइ प्रान्तको वुहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोना भाइरसबाट सङ्क्रमित नरहेको चीनले फेरि एक पटक दोहोराएको छ । 

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनुभन्दा केही हप्ता पहिले वुहानस्थित प्रयोगशालाका तीनजनामा मिल्दोजुल्दो लक्षण देखिएको भन्ने दावीको खण्डन गर्दै चीनको यो भनाइ आएको हो । अमेरिकी गुप्तचरको रिपोर्टपछि कोरोना भाइरसको उत्पतिलाई लिएर अमेरिका र चीनका परस्पर भिन्न भनाइ आउने गरेका छन् । 

प्रयोगशालामा भएको व्यवस्थापकीय असावधानीका कारण चुहावट हुँदै भाइरस मानिसमा सरेको हुनसक्ने आशङ्का अमेरिकी अधिकारीहरूले गर्दै आएका छन् । यसै बिषयलाई लिएर राष्ट्रपति जो बाइडेनलेले अघिल्लो हप्ता विस्तृत अध्ययन गरी ९० दिन भित्र प्रतिवेदन बुझाउन गुप्तचर निकायलाई आदेश दिनुभएको थियो ।

 विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को संयोजनमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययनमा कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको हुन सक्ने सम्भावना अति दुर्लभ रहेको तर थप अध्ययन भने गर्नु पर्ने बताएको थियो ।

पछिल्लो पटक अमेरिकी गुप्तचर निकायको सूचनापछि वुहानको समुद्री खाद्यान्न बजारबाट नभई प्रयोगशालाबाट भाइरस फैलिएको हुन सक्ने आशंकामा बल पुगेको हो। यसलाई नै मध्यनजर गरेर अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा। एन्थोनी फाउचीले चीनसँग वुहानस्थित प्रयोगशालाका तीन अनुशन्धानकर्तासहित कुल ९ जना चिनियाँ नागरिकको स्वास्थ्यसम्बन्धी विवरण जारी गर्न माग गर्नुभएको छ । 

शुक्रबार चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीमा सन् २०१९ को डिसेम्बर ३० भन्दा पहिले कोरोना भाइरसको कुनै जानकारी नरहेको दाबी पुनः गर्नुभएको छ । 

उहाँले अहिलेसम्म सो प्रयोगशालाका एक कर्मचारी वा विद्यार्थीमा कोरोना भाइरसको संक्रमण नदेखिएको दावी गर्नुभयो । स्वास्थ्य विवरणहरु प्रयोगशालाका कर्मचारी र शोधकर्ताहरुमा मात्रै सीमित गरिने भएकाले सार्वजनिक गर्न नसकिने उहाँले बताउनुभयो ।