२३ असार २०८३, मंगलवार
,
Latest
जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाविरुद्धको खोप स्पुतनिक–भी ब्राजिलमा पनि प्रयोग गर्न अनुमति



अ+ अ-

एजेन्सी । कोरोनाभाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ ।  

ब्राजिलका उच्च सरकारी अधिकारीहरुले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरुमध्ये ब्राजिल ६७ औँ क्रममा परेको छ । 

रुसमा विकास गरिएको स्पुतनीक भी खोप कोरोनाभाइरसका विरुद्धमा निकै प्रभावकारी रहेको रुसी स्वास्थ्य अधिकारीहरुले दावी गर्दै आएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमध्ये सवैभन्दा धेरै जनसङ्ख्या रहेको मुलुक ब्राजिलमा राष्ट्रिय स्वास्थ्य सेवा कार्यालयले सो खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय शुक्रबार गरेको हो ।  

कोरोनाभाइरसको महामारी फैलिइरहेको र खोपको अभाव भइरहेका बेला रुसी खोपले अनुमति पाएपछि कोरोनाभाइरसको महामारी न्युनिकरण पहिलाभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

विश्वभरी कोरोनाभाइरसका विरुद्धमा लाभदायक हुने भन्दै झण्डै एक दर्जन खोप प्रयोगमा आएको छ । तर ती मध्ये स्पुतनिक भी दोस्रो धेरै प्रयोग गरिएको खोप मानिन्छ । 

स्पुतनिक भी का विकासकर्ताहरुले सो खोप ९७.६ प्रतिशत प्रभावकारी र सुरक्षित भएको दावी गरेका छन् । उनीहरुले यो खोपको दिर्घकालिन नकारात्मक असर पनि नरहेको बताउने गरेका छन् ।