५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पनि ‘ग्रेटर नेपाल’को नक्सा बनाउँछ– गगन थापा



फाईल फोटो
अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा बनाउन सक्ने बताउनुभएको छ ।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भारतको संसद् भवनमा राखिएको नक्सालाई सांस्कृतिक मात्र मान्ने हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा भारतले सहजतापूर्वक स्वीकार गर्नुपर्ने बताउनुभयो ।

उहाँले लिम्पियाधुरा लिपुलेक नेपालको भूमि भएको र यो भारतले फिर्ता गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “लिम्पियाधुरा लिपुलेकमाथि नेपालको हक अधिकार कसैले खोसेर लैजान सक्दैन, यसका निम्ति कुनै विकल्पबारे नेपालले सोच्दैन, सोच्नु पनि हुन्न ।”

भूपरिवेष्ठित देश भएकाले बंगलादेशसम्म बाटो पाउनु पनि नेपालको अधिकार भएको महामन्त्री थापाको भनाइ थियो । सीमा विवादबारे छलफल गर्दै जाँदा भोलि समयले कहाँ पुर्‍याउँछ भनेर अनुमान गर्ने र त्यसका आधारमा पोजिसन बनाउन जरुरी नभएको उहाँले बताउनुभयो ।

महामन्त्री थापाले अघि भन्नुभयो, “लिम्पियाधुरा लिपुलेक हाम्रो भूमि हो, भारतले फिर्ता गर्नुपर्छ भन्ने पार्टीको धारणा हो ।”

कुनै बेलामा नेपालको सीमा पनि धेरै बदलिएको भन्दै महामन्त्री थापाले भन्नुभयो, “यदि कुनै देशले मेरो यथार्थ नक्सा फरक छ, सांस्कृतिक नक्सा फरक छ भन्ने विचार राख्छ भने नेपालको पनि यथार्थ नक्सा यो छ, सांस्कृतिक नक्सा योभन्दा विशाल छ भन्ने हक प्रयोग गर्छ ।” त्यस्तो बेला भारतले पनि सहजतापूर्वक लिनुपर्ने उहाँको भनाइ थियो ।