२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुरामद्वारा आत्मसमीक्षासहितको दस्तावेज प्रस्तुत (राजनीतिक प्रतिवेदनको पूर्णपाठ)



file photo
अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले केन्द्रीय समितिको बैठकमा आत्मसमीक्षासहितको दस्तावेज प्रस्तुत गर्नुभएको छ ।

पार्टीको बिहीबारदेखि सुरू भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा उहाँले ‘अबको राष्ट्रको संकल्प: नयाँ समाजवादी विकल्प’ शीर्षकमा प्रस्तुत गर्नुभएको २३ पृष्ठ लामो दस्तावेजमा आफ्नै कमजोरीहरूको पनि आत्मसमीक्षा गर्नुभएको छ ।

डा भट्टराईले हतारमा पार्टी घोषणा, तालमेलसहित चुनावी प्रतिस्पर्धा, जनआन्दोलन र परिचालनप्रति उदासीनता, मूल नेतृत्वको उदारता तथा आदर्शवाद र वस्तुगत प्रतिकूलता जस्ता कारणले पार्टी कमजोर भएको उल्लेख गर्नुभएको छ ।

दस्तावेजमा पार्टी आफ्नो पहिचान र अस्तित्व संकटको गम्भीर मोडमा उभिएको उल्लेख गरिएको छ । “हामी कहाँ जान हिँडेका थियौँ, कहाँ पुग्यौँ रु हामी वैकल्पिक राजनीतिक शक्ति हौँ कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौँ ?”, दस्तावेजनमा भनिएको छ ।

हेर्नुहोस् राजनीतिक प्रतिवेदनको पूर्णपाठ–

PDF-Nespa-Document-Jestha-25