२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटले राष्ट्रको अठोट पूरा गर्ने लक्ष्य बोकको छ: सांसद घर्ती



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले आर्थिक वर्ष २०८०र८१ को बजेटले राष्ट्रको अठोट पूरा गर्ने लक्ष्य बोकको दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उहाँले बजेटको प्रभावकारी कार्यान्वयमा जोड दिनुभयो ।

उहाँले बजेटमा राज्यलाई अपरिहार्य नभएका २० समिति, संस्थान खारेज गर्ने वा गाभ्ने व्यवस्था कार्यान्वयन सहज नभएको र यसमा चुनौती रहेकाले सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद घर्तीले प्रभावकारी नेता र मन्त्रीका निर्वाचन क्षेत्रमा बजेटले प्राथमिकता दिने पुरानै प्रवृति देखिएको टिप्पणी गर्नुभयो । साथै उहाँले मलुकको आवश्यकतालाई ध्यान दिई व्यावासायिक उत्पादनमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

उहाँले किसानले समयमा मल बीउ नपाउने पुरानै अवस्था कायम हुनु दुर्भाग्य भएको बताउनुभयो । हालको प्रतिनिधिसभामा नयाँ र पुराना जनप्रतिनिधि रहेपनि यस थलोमा जीवन व्यवहार भने नयाँ हुन नसकेको उहाँको भनाइ थियो । घर्तीले सबै दलले जनतामा छाएको निराशा हटाइ आशा जगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस