काठमाडौं । संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला जलाउदै गर्दा प्रहरीले अनेरास्ववियुका कार्यकर्तालाई पक्राउ गरेको छ ।
अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामासहित एक दर्जन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पराजुली नेकपा एमालेका माधव पक्षका भातृसंगठन अनेरास्ववियुका अध्यक्ष हुन् ।
यस्तै प्रहरीले पक्राउ गर्ने क्रममा अध्यक्ष पराजुली घाइते भएका छन् । उनीहरुलाई हाल महेन्द्र पुलिस क्लबतर्फ लगिएको बताइएको छ ।








