२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

जापानमा जन्मदर घट्यो

जापानमा जन्मदर घट्यो
अ अ+ अ-

एजेन्सी । जापानमा जन्मदरमा कमी आएको देखिएको छ । कोरोनाभाइरसको महामारीका कारण गत बर्ष सन् २०२० मा जापानमा अघिल्लो बर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो । 

जापानमा लामो समयदेखि निरन्तर जनसङ्ख्या घट्दै जाने समस्या रहेको छ । यसले मुलुकको जनसाङ्खीक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ । 

स्वदेशी जनसङ्ख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सन् २०२० मा आठ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ । यो सङ्ख्या अघिल्लो बर्षको भन्दा २.८ प्रतिशत कम हो । 

गत बर्षको जन्मदर जन्मदर्ता सुरु गरेको बर्ष सन् १८९९ देखि कै सवैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् । 

सिएनएनले सार्वजनिक गरेको विवरणमा गत बर्ष विवाह दरमा पनि कमी भएको छ । सन् २०२० मा अघिल्लो बर्षको तुलनामा १२।३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

जापानमा सन् २०२० मा पाँच लाख २५ हजार ४९० ओटा विवाद दर्ता भएको छ । जापानको अहिलेको विवाह र जन्मदर विश्वकै थोरै मध्येमा पर्ने जनाइएको छ । 

सन् २०१८ मा गरिएको जनगणना अनुसार जापानको कुल जनसङ्ख्या १२ करोड ४० लाख रहेको छ ।