५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपः सदभाव र सुवासलाई तीन स्ट्रोकको अग्रता



अ+ अ-

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई एमेच्योर खेलाडी सद्भाव आचार्य र सुवास तामाङ संयुक्तरुपमा शीर्ष स्थानमा रहेका छन् ।

गोकर्ण गल्फ क्लवमा सद्भाव र सुवासले ३६ होलको समाप्तीमा समग्रमा ९–अन्डर १ सय ३५ को स्कोरमा नीरज तामाङ र शुक्रबहादुर राईलाई तीन स्ट्रोकले पछि पारेका हुन् । यस्तै राष्ट्रिय टिमका खेलाडी सद्भावले ७–अन्डर ६५ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै शीर्षस्थानमा उक्लिए । सुवासले भने इभन–पार ७२ मा दोस्रो दिनको खेल सकाउँदा शीर्षस्थान बाँडे । दिनकै उत्कृष्ट कार्ड बनाउने क्रममा नीरज तामाङले ८–अन्डर ६४ को स्कोर बनाए । यो स्कोरमा नीरज र डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईले संयुक्तरुपमा तेस्रो स्थान बाँडे । शुक्रले ५–अन्डर ६७ मा दोस्रो दिनको खेल सकाए। दुवैले समग्रमा ६–अन्डर १ सय ३८ स्कोर गरे ।

यसैगरी जयराम श्रेष्ठ र शिवराम पौडेल संयुक्तरुपमा सातौं स्थानमा छन् । दुवैले आज इभन–पार ७२ को कार्ड बनाए । समग्रमा २–अन्डर १ सय ४२ सहित सुर्य प्रसाद शर्मा नवौं स्थानमा छन् । इभन–पार ७२ सहित समग्रमा १–अन्डर १ सय ४३ सहित दिनेश प्रजापती दशौं स्थानमा रहे ।

एमरच्योरतर्फ टासी छिरिङ तेस्रो स्थानमा छन्। उनले २–अन्डर ७० सहित समग्रमा १ सय ४४ स्कोर गरेका छन् यसैगरी वाङचेन ढोन्डुप, भरत थापा मगर र प्रज्वल गुरूङ सहित ६ एमरच्योर खेलाडीले पनि कट बनाए । युवा एमेच्योर सद्भावले दिनको शुरूवात बर्डीबाट गरे । यसपछि तेस्रोदेखि छैटौं होलसम्म लगातार चार होल र नवौं होलमा एक–एक सट बँचाए ।

सातौं होलको बोगीले फ्रन्ट नाइन ५–अन्डर ३१ मा पूरा गरे । त्यसपछि १३औं र १५औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २–अन्डर ३४ मा समापन गरे । प्रतियोगिता अन्तर्गत धरानका प्रोफेसनल गल्फर निरज तामाङले दिनकै उत्कृष्ट कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे । उनले तेस्रोदेखि नवौं होलसम्म लगातार सात बर्डीको सफलता प्राप्त गरे । यसैगरी डिफेन्डिङ च्याम्पियन शुक्रले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । प्रोफेसनल गल्फर्स एशोसिएशन नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रा.लि.द्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको छ ।