२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपः सदभाव र सुवासलाई तीन स्ट्रोकको अग्रता



अ+ अ-

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई एमेच्योर खेलाडी सद्भाव आचार्य र सुवास तामाङ संयुक्तरुपमा शीर्ष स्थानमा रहेका छन् ।

गोकर्ण गल्फ क्लवमा सद्भाव र सुवासले ३६ होलको समाप्तीमा समग्रमा ९–अन्डर १ सय ३५ को स्कोरमा नीरज तामाङ र शुक्रबहादुर राईलाई तीन स्ट्रोकले पछि पारेका हुन् । यस्तै राष्ट्रिय टिमका खेलाडी सद्भावले ७–अन्डर ६५ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै शीर्षस्थानमा उक्लिए । सुवासले भने इभन–पार ७२ मा दोस्रो दिनको खेल सकाउँदा शीर्षस्थान बाँडे । दिनकै उत्कृष्ट कार्ड बनाउने क्रममा नीरज तामाङले ८–अन्डर ६४ को स्कोर बनाए । यो स्कोरमा नीरज र डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईले संयुक्तरुपमा तेस्रो स्थान बाँडे । शुक्रले ५–अन्डर ६७ मा दोस्रो दिनको खेल सकाए। दुवैले समग्रमा ६–अन्डर १ सय ३८ स्कोर गरे ।

यसैगरी जयराम श्रेष्ठ र शिवराम पौडेल संयुक्तरुपमा सातौं स्थानमा छन् । दुवैले आज इभन–पार ७२ को कार्ड बनाए । समग्रमा २–अन्डर १ सय ४२ सहित सुर्य प्रसाद शर्मा नवौं स्थानमा छन् । इभन–पार ७२ सहित समग्रमा १–अन्डर १ सय ४३ सहित दिनेश प्रजापती दशौं स्थानमा रहे ।

एमरच्योरतर्फ टासी छिरिङ तेस्रो स्थानमा छन्। उनले २–अन्डर ७० सहित समग्रमा १ सय ४४ स्कोर गरेका छन् यसैगरी वाङचेन ढोन्डुप, भरत थापा मगर र प्रज्वल गुरूङ सहित ६ एमरच्योर खेलाडीले पनि कट बनाए । युवा एमेच्योर सद्भावले दिनको शुरूवात बर्डीबाट गरे । यसपछि तेस्रोदेखि छैटौं होलसम्म लगातार चार होल र नवौं होलमा एक–एक सट बँचाए ।

सातौं होलको बोगीले फ्रन्ट नाइन ५–अन्डर ३१ मा पूरा गरे । त्यसपछि १३औं र १५औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २–अन्डर ३४ मा समापन गरे । प्रतियोगिता अन्तर्गत धरानका प्रोफेसनल गल्फर निरज तामाङले दिनकै उत्कृष्ट कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे । उनले तेस्रोदेखि नवौं होलसम्म लगातार सात बर्डीको सफलता प्राप्त गरे । यसैगरी डिफेन्डिङ च्याम्पियन शुक्रले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । प्रोफेसनल गल्फर्स एशोसिएशन नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रा.लि.द्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको छ ।