२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

चेपाङ गाउँमा भोकमरी

चेपाङ गाउँमा भोकमरी
अ अ+ अ-

धादिङ । खोरिया खनेर उत्पादन गरेको अन्नपातले मुस्किलले पाँच महिना खान पुग्छ । ज्याला नगरी परिवार पाल्न सकिँदैन । ज्याला पनि गर्न नपाएपछि दक्षिणी धादिङको चेपाङ समुदायमा यतिखेर भोकमरी लागेको छ । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २, ६ र ८ का अधिकांश चेपाङको परिवारमा खाद्यान्न सकिएपछि  भोकमरीको समस्या परेको हो ।
 
चेपाङ बस्तीमा अनिकाल शुरु भएको तिन महिना भएको छ । अन्य समयमा अभाव र भोकसँग जुध्दै आइरहेका छन् । गाउँपालिकाको वडा नं। ८ का वडा सदस्य कुलमान चेपाङको परिवारसमेत खानेकुराको अभाव झेलिरहेको छ । यसअघि काम गरेको ज्याला दिने साहुलेसमेत बैँक बन्द भएकोले ज्याला दिन नसकेको भनेर पैसा नदिएको उहाँको गुनासो छ ।
 
सो गाउँपालिका–८, जिरवाङकी ३४ वर्षीया सन्तलाल चेपाङ परिवारमा भोकमरी लेसताएको तिन महिना भएको बताउँदै खानेकुरा अभावमा चार पाँच दिनमा एक छाक ढिडो वा खोले खान पाउने अवस्था आएको जनाउनुभयो । तरकारी केही नहुने र जंगलका कन्दमुलसमेत डढेलोका कारण सखाप भएपछि आफूहरु झनै समस्यामा परेको उहाँको भनाइ छ । गत वर्षको बन्दाबन्दीमा सबै चेपाङ परिवारलाई चामल वितरण गरेको गाउँपालिकाले यसवर्ष  कुनै योजना नबनाएको तर व्यक्तिगत रुपमा खाद्यान्न सङ्कलन थालिएको गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले बताउनुभयो ।

भोकमरीमा जिरवाङ, गोठेभन्ज्याङ, यारबाङ, रोतेस, भुमीडाँडा, बोम्राङ, मान्बुङ, दुङवाङ समेत परेको छ ।  यस भेगका करिब एक सय ५० चेपाङ परिवार भोकमरीको चपेटमा रहेको वडाध्यक्ष वीरबहादुर श्रेष्ठले बताउनुभयो । वडाभरमा  ३ सय ५० चेपाङ परिवारले गिठ्ठा, टाँकीको सागले  चैत्रदेखि साउनसम्म छाक टार्न बाध्य हुने गरेपनि गाउँपालिकाले दिगो समाधानका लागि योजना नबनाएको र राहतहरु मात्र बाड्ने गरेको बताउनुभयो । 

गतवर्ष कोरोना महामारीको सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीले रसायनिक मल अभाव हुँदा चेपाङले मकैमा मलसमेत हाल्न पाएनन् । मल नहालेका कारण पनि मकै उत्पादन कम भयो । यस वर्ष पनि एक महिनाबढी भइसक्यो निषेधाज्ञा खुलेको छैन । मल नपाएपछि अर्को वर्ष झनैसमस्या हुने वडा अध्यक्ष श्रेष्ठको भनाइ छ । 

दिगो विकास लक्ष्यअनुसार नेपाललाई सन् २०२५ सम्म भोकमुक्त बनाउने लक्ष्य नेपालको संविधानको धारा ३६ मा खाद्यसम्बन्धी हक अनि खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ जारी भएपनि यो किताबका पानामा सिमित भएको चेपाङ गाउँ पुगेपछि देख्न सकिन्छ । 
सीताराम अधिकारी