३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयल निगमले बढायो पेट्रोल, डिजेलको मूल्य, काठमाडौंमा पेट्रोल अब रु. १२५ प्रति लिटर



अ+ अ-

काठमाडौंः नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको जनाउँदै शनिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रति लिटर दुई रुपैयाँ वृद्धि भएको छ । नयाँ मूल्यसूची अनुसार काठमाडौंमा पेट्रोल प्रति लिटर रु. १२५, डिजेल र मट्टितेल प्रति लिटर रु. १०८ र हवाई इन्धन प्रति लिटर रु. ८० कायम भएको छ ।

स्वचालित मूल्य प्रणाली बमोजिम गरिएको उक्त समायोजन आजै (शनिबार) राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ ।

नयाँ मूल्य कायम गरिए पछि पनि निगमलाई पन्ध्र दिनमा करिब ५९ करोड घाटा हुनेछ । एलपी ग्याँस र डिजेलको कारोबारबाट क्रमशः रु. ३८ करोड र रु १८ करोड घाटा हुने निगमको भनाई छ । उक्त घाटा मूल्य स्थिरिकरण कोष र निगमको संचित नाफाबाट व्यहोरिने पनि निगमले जनाएको छ ।

निगमले यसअघि गत जेठ २ गते पेट्रोल, डिजेल मट्टितेल र हवाई इन्धनको मूल्यमा प्रति लिटर रु. २ वृद्धि गरेको थियो ।