२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

फ्रेन्च ओपन : फर्ममा रहेका जोकोभिच र नाडालको सहज जित

फ्रेन्च ओपन : फर्ममा रहेका जोकोभिच र नाडालको सहज जित
अ अ+ अ-

यस वर्षको फ्रेन्च ओपनमा डिफेन्डिङ च्याम्पियन एवं विश्व नं. ३ राफेल नाडालले तेस्रो राउन्डमा बेलायतका केमरन नोरीलाई पराजित गरेका छन् ।

करिब दुई घण्टा चलेको यस खेलमा क्ले कोर्टका बादशाह नाडालले नोरीलाई ६–३, ६–३, ६–३ को सेटमा पराजित गरेका थिए ।

शनिबार नै सम्पन्न अर्को खेलमा विश्व नं. १ नोभाक जोकोभिचले लिथुआनियाका रिकार्डास बेरानकिसलाई ६–१, ६–४, ६–१ को सोझो सेटमा सहजै हराएका छन् । नोभाकले १ घण्टा ३२ मिनेटमै बेरानकिसलाई पराजित गरेका थिए ।

पुरुष एकलतर्फ तेस्रो राउन्डका खेलहरुमध्ये दशौं वरियताका अर्जेन्टिनी खेलाडी डिएगो स्वार्जम्यानले जर्मनीका फिलिप कोल्सस्राइबरलाई ६–३, ६–२ र ६–१ को सोझो सेटमा पराजित गरेका छन् ।

त्यस्तै, ग्रीसका पाँचौं वरियताका स्टिफानोस चिचिपासले ३१औं वरियताका अमेरिकी खेलाडी जोन इस्नरलाई ६–३, ७–६, ६–१ ले पराजित गरेका छन् भने इटालीका लोरेन्जो मुसेट्टीले इटालीकै मार्को चेचिनाटोलाई ३–६, ६–४, ६–३, ३–६, ६–३ सेट (अर्थात् ३–२) ले पराजित गरेका छन् ।

अर्को खेलमा जर्मनीका जान लेनार्ड स्ट्रफले स्पेनका कार्लोस अल्काराज गार्सियालाई ६–४, ७–६, ६–२ को सोझो सेटमा पराजित गरेका छन् । १८ औं वरियताका जेनिक सिनरले मिकाइल इमरलाई पनि ६–१, ७–५, ६–३ ले पराजित गरेर चौथो राउन्डमा पुगेका छन् ।

फ्रान्सको राजधानी पेरिसमा जारी यो प्रतियोगिता गत मे २४ तारिखबाट शुरु भएको हो । यो खेल आगामी जुन १३ तारिखसम्म चल्नेछ । आइतबारदेखि चौथो राउन्डका खेलहरु हुनेछन् ।

यस प्रतियोगितामा विश्वका सर्वश्रेष्ठ खेलाडीहरुको अवस्था सुदृढ देखिएको छ । नयाँ र वरियतामा तल्लो स्तरमा रहेका खेलाडीहरुले माथिल्लो वरियताका खेलाडीलाई सामान्य चुनौती मात्र दिएका छन् ।

आजै राति नवौं वरियताका म्याटिओ बेरेन्टिनी र क्वोन सू–योनबीच खेल हुँदैछ ।

तेस्रो चरणको एउटा खेल आइतबार आठौं वरियताका स्वीस खेलाडी रोजर फेडरर र जर्मनीका डी कोफरबीच हुँदैछ ।

महिला एकल

महिला एकलतर्फ भने तेस्रो राउन्डमा गत वर्षकी विजेता पोल्यान्डकी इगा स्वाइटेकले इस्टोनियाकी आनेट कोन्टाभिटलाई ७–६, ६–० सेटले पराजित गरेर चौथो चरणमा प्रवेश गरेकी छिन् ।

त्यस्तै, अमेरिकी किशोरी स्लोन स्टिफेन्सले चेक रिपब्लीककी कारोलिना मुचोभालाई संघर्षपूर्ण खेलमा ६–३, ७–५ ले पराजित गरिन् ।

शनिबार सम्पन्न खेलहरुमा बारबोरा क्रेजिसकोभाले पाँचौं वरियताकी एलिना स्भिटोलिनालाई ६–३, ६–२ को सोझो सेटमा हराइन् । मार्टा कोस्युकले भार्भरा ग्राचेभालाई ६–१, ६–२ तथा सोफिया केनिनले जेस्सिका पेगुलालाई ४–६, ६–१, ६–४ ले पराजित गरेका छन् ।

हालसम्म तेस्रो वरियताकी एरिना साबालेन्का पराजित भइसकेकी छिन् भने पहिलो नम्बरकी अस्ट्रेलियन खेलाडी आश्ले बार्टीले माग्दा लिनेटसँगको खेलमा वाकओभर दिएकी थिइन् ।

विश्व वरियतामा दोस्रो नम्बरमा रहेकी जापानी खेलाडी नाओमी ओशाकाले आफू खेल अवधिभर मिडियासँग कुरा नगर्ने अडान लिएपछि दोस्रो राउन्डबाट खेल परित्याग गरिसकेकी छिन् । उनले आफू “डिप्रेसन”मा रहेको बताएकी थिइन् ।

गत वर्ष सन् २०२० को फ्रेन्च ओपनको उपाधि पुरुष एकलतर्फ राफेल नाडालले जितेका थिए । उनले फाइनलमा चिरप्रतिद्वन्द्वी नोभाक जोकोभिचलाई पराजित गरेका थिए । नाडालको यो १३ औं फ्रन्च ओपन उपाधि थियो ।

महिलातर्फ भने पोल्यान्डकी इगा स्वाइटेकले सोफिया केनिनलाई पराजित गरेर उपाधि उचालेकी थिइन् । यो उनको पहिलो उपाधि थियो । कुनै पनि पोल्याण्डका खेलाडीले फ्रेन्च ओपन जितेको पनि यो पहिलो अवसर थियो ।
––