• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   भारतीय टिममा परेलगत्तै युजवेन्द्र चहलको ‘चुटाई’, आईपीएलमा राखे लज्जास्पद कीर्तिमान ★   गोंगबु आवास क्षेत्रमा पार्क निर्माण ★   पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते ★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री ★   इंग्ल्याण्डका कारण आईपीएल प्लेअफ ‘खल्लो’ हुने ? यी ८ खेलाडी बाहिरिँदै ★   डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल ★   रेडक्रसद्वारा १७ जिल्लाहरुमा विपद् पूर्वतयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरु सञ्चालन ★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री ★   प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन दिइँदैन: प्रधानमन्त्री ★   आईपीएलमा आज मुम्बई र कोलकाता भिड्दै, मुम्बईलाई जित्नैपर्ने दबाब

कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ



सांकेतिक तस्बिर

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई हाल काठमाडौँमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका–१० घर भई हाल काठमाडौँ बस्दै आएकी ४५ वर्षीया मुनादेवी कार्की रहेका छन् । तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रु पाँच लाख ठगी गरेको आरोपमा आज नयाँबानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रु चार लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले बबरमहलबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जाजकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ । रासस