२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

दयाहाङ राई ‘कार्साङ’ मा अनुबन्धित



अ+ अ-

काठमाडौं । अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् ।

फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ । फिल्ममा छायाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् ।

फिल्मको ९० प्रतिशत छायांकन बाहबिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ ।

फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । ‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ’, शेर्पाले भने । उनले फिल्म सामाजिक कथामा बन्ने खुलाए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।