५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अखण्ड भारत’ नक्साबारे बंगलादेशले भारतसँग स्पष्टीकरण माग्ने



अ+ अ-

काठमाडौं । भारतले आफ्नो संसद् भवनमा राखेको विवादास्पद ‘अखण्ड भारत’को नक्सालाई लिएर बंगलादेशले भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न निर्देशन दिएको छ ।

ढाकामा पत्रकारसँग कुरा गर्दै बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताए ।

उनले प्राचीन भारतको साम्राज्य पूर्वदेखि पश्चिम फैलिएको देखिएको उक्त नक्सामा नेपाल र पाकिस्तानमा समेत विरोध भइरहेको जनाउदै बंगलादेशको स्वतन्त्रता र सार्वभौमिकताको लागि पनि खतरा भएकोले स्पष्टीकरण लिनुपर्ने बताए।

विदेश राज्यमन्त्री आलमको भनाइलाई उद्धृत गर्दै ढाका ट्रिब्यूनले लेखेको छ ,‘नक्सालाई लिएर व्यापक आक्रोश देखिएको छ । यसको स्थापनामा कुनै शंका छैन । यद्यपि, थप स्पष्टीकरणको लागि, हामीले दिल्लीस्थित मिसनलाई भारतको आधिकारिक धारणा के हो भनेर बुझ्नको लागि त्यहाँको विदेश मन्त्रालयसँग कुरा गर्न भनेका छौं’।

२८ मे मा भारतको नयाँ संसद भवनमा प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त नक्सा उदघाटन गरेपछि त्यसको नेपाल र पाकिस्तानमा पनि चर्को विरोध भइरहेको छ ।

चार दिने भ्रमणमा भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त विषयलाई नउठाएको भन्दै संसदमा प्रतिपक्षी दल नेकपा एमालेले आलोचना गरिरहेको छ । यद्यपी भारतको संसद भवनमा राखिएको उक्त नक्सा अखण्ड भारतको सांस्कृतिक नक्सा भएको र समकक्षी मोदीसँग आफूले यस विषयमा कुरा उठाएको प्रधानमन्त्रीले स्पष्टिकरण दिएका थिए ।