२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी : अभियुक्तका पक्षबाट आजदेखि बहस सुरु हुने



file photo
अ+ अ-

काठमाडौँ । मंगलबार सरकारी वकिलले बहस सकाएपछि आजदेखि नक्कली शरणार्थी प्रकरणका अभियुक्तका पक्षमा बहस सुरु हुनेभएको छ । अभियुक्तहरुको पक्षमा बहसका लागि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका बहालवाला अध्यक्षदेखि पूर्वअध्यक्षहरुले बहस गर्नका लागि नाम टिपाउनुभएको छ ।

बहसका लागि यसअघि नै समय निर्धारण गरिएको थियो । जसअनुसार मंगलबार सरकारी वकिलहरुले बहस सकाएपछि आजदेखि अभियुक्त पक्षका वकिलले बहस सुरु गर्ने भएका हुन् । आजदेखि ६ दिनसम्म अभियुक्तका पक्षका वकिलले बहस गर्नेछन् ।

थुनछेक बहसपछि अभियुक्तहरुलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ । सरकारी वकिलले भने अभियुक्तहरु पहुँचवाला भएकाले पुर्पक्षमै राखेर अनुसन्धान जारी राख्नुपर्ने माग गर्दै आएका छन् ।

उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोग पत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार छन् ।