सुर्खेत । कर्णाली प्रदेश सरकारमा पनि मन्त्रिपरिषद् विस्तार भएको छ । मन्त्रिपरिषद् विस्तार भएसंगै नेपाली कांग्रेसबाट दुईजना मन्त्री थपिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार साँझ मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरिएको छ । कांग्रेसबाट सरकारमा सहभागी भएका दुईजना मन्त्रीलाई आजै सपथ खुवाउने तयारी गरिएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।
दुई मन्त्री थपिएसँगै कर्णालीको मन्त्री मण्डल ८ सदस्यीय बनेको छ । जसमा मुख्यमन्त्रीसहित ३ जना माओवादी केन्द्रका रहेका छन् भने एमाले माधव समूहका ३ जना र कांग्रेसका २ जना रहेका छन् ।








