२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणाद्वारा वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा आज (आइतबार) सुनुवाई हुँदै छ । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाईका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास पुर्नगठन भएको छ । संवैधानिक इजासलबाट न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसी 'आउट' हुँदै  नयाँ संवैधानिक इजलास गठन भएको हो । 

पुर्नगठित संवैधानिक इजासलमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, र न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेका छन् । न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अस्वस्थताका कारण होम आइसोलेशनमा बसेको हुनाले उनी पछाडिको वरियतामा रहेका न्यायाधीश ईश्वर प्रसाद खतिवडालाई बेञ्चमा राखिएको छ ।  यो संगै पुर्नगठित संवैधानिक इजलासमा को पर्छन भन्ने आम चासोको विषय टुंगिएको छ । 

पछिल्लो समय कानुन व्यवसायीहरुले वरिष्ठताको आधारमा इजलास गठन गर्न दवाब पनि दिएका थिए । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्य सहितका प्रतिनिधिसँग जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने आश्वासन दिएका थिए ।