५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँपको पातमा यी रोगसँग लड्ने हुन्छन् यस्ता औषधीय गुण, थाहा पाउनुहोस्



अ+ अ-

एजेन्सी । आँप फलहरुको पनि राजा हो । आँप मन नपर्ने मानिस कमै हुन्छन् । आँपमा पौष्टिक तत्व पाईने हुनाले यसको नियमित प्रयोग स्वास्थ्यको लागि धेरै नै राम्रो हुन्छ । तर आँपको पातमा हुने गुणको बारेमा तपाईलाई थाहा छ त ? धेरैजसो मानिसलाई आँपको पातमा हुने औषधीय गुणबारे थाहा हुँदैन।

आँपको पातमा भिटामिन ए, बी, सी जस्ता पौष्टिक तत्व गुणहरु प्रचुर मात्रामा पाईन्छ । साथै यसमा फ्लेभोनोइड र फेनोल जस्ता तत्वहरु पाईन्छ । र यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । त्यसैले आँपको पात रोगको उपचारको लागि प्रयोग गर्न सकिन्छ । र यसले मानव शरीरमा राम्रो प्रभाव पार्दछ । यसले निम्न ७ रोगहरु निको पार्छ । 

स्वासप्रश्वास सम्बन्धि समस्या 

चिसो लाग्नु, दम, खोकी, र अरु थुप्रै श्वासप्रश्वास सम्बन्धि समस्याहरु हटाउनको लागि आँपको पात लाभदायक हुन्छ । एउटा भाँडोमा पानी हालेर आँपको पात र थोरै महलाई मिसाई उमाल्नुहोस् । यसको प्रयोगबाट खोकी र स्वर सुक्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

मधुमेह 
आँपको पातमा एन्थोक्यानिडिन्स पाईन्छ । जस्ले मधुमेह रोगको पहिलो चरणमा नै निको पार्न मद्धत गर्दछ । यसलाई निको पार्नको लागि निम्न विधि अपनाउन सकिन्छ । आँपको पातको प्रयोग विधि धेरै नै सजिलो छ । सबैभन्दा पहिला यस पातलाई सुकाएर सुख्खा बनाउनुहोस् । त्यसपछि यसलाई स–सानो टुक्रामा काटि पिसेर धुलो बनाउनुहोस् । यसको प्रयोगले मधुमेह रोगलाई पहिलो अवस्थामै निको पार्न मद्धत गर्दछ ।

डाइबेटिक एन्जिओपेथी 

रक्तनलीहरुको कुनैपनि रोग – र रेटिनोपेथी – आँखाको रेटिनामा हुने रोग – मधुमेहसँग सम्बिन्धित समस्याहरु हुन् । यसलाई पनि आँपको पातको प्रयोग गरी निको पार्न सकिन्छ । राति सुत्नुअघि एउटा कपमा पानी राख्नुहोस् । त्यसपछि आँपको पातलाई त्यस पानीमा हाली रातभरि त्यसै छोड्नुहोस् । यस पानीलाई छानेर बिहान पिउनुहोस् । यसले तपाइँको मधुमेहसम्बन्धि समस्याहरुबाट छुट्कारा दिलाउँछ ।

छट्पटी 

छट्पटीको समस्या उत्सुकताको कारणले हुने गर्दछ । यस्तो अवस्थामा हामीले समस्याको समाधानको उपाय पाउन सकिरहेका हुदैनौं । र यो समस्या झनझन गहिरो हुने गर्दछ । र यस समस्याको समाधानको लागि आँपको पातको पानीले नुहाउन सक्नुहुन्छ । यसले शरीरलाई स्फुर्ति प्रदान गरी छट्पटको समस्यालाई हटाउँदछ ।

रक्तचाप 

आँपको पातमा हाइपोटेन्सिभ गुण हुन्छ । जसले रक्तचापलाई घटाउन मद्धत गर्दछ । यस गुणले गर्दा रक्तनलीहरु पनि बलियो हुने हुन्छ ।
 

आउँ

सुख्खा आँपको पातलाई धुलो बनाई पानीसँग खानुहोस् । यसको प्रयोग दिनको ३ पटक गर्नुहोस् । यसले आउँलाई रोक्दछ । आँपको पातलाई बालेर खरानी बनाउनुहोस् । र यस खरानीलाई छालामा पोलेको ठाउँमा लगाउनुहोस् । यसले पोलेको दुखाईबाट आराम दिलाउँदछ । 

कान दुख्ने समस्या

यस  समस्याको लागि आँपको पातको प्रयोग सजिलो तरिकाबाट गर्न सकिन्छ । सबैभन्दा पहिला आँपको पातको जुस बनाउनुहोस् । त्यसपछि एक चम्चा जुसलाई थोरै तताउनुहोस् । र चिसो भएपछि १–२ थोपा कानमा राख्नुहोस् । यसबाट कान दुख्ने समस्याबाट छुट्कारा मिल्दछ ।