२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश
अ अ+ अ-

काठमाडौं । काठमार्डौ । कामचलाउ अबस्थामा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको मन्त्रिपरिषद् पुनर्गठन सबिधान विपरित भन्दै सर्बोच्च अदालतमा रिट पेश भएको छ । बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले मन्त्रीपरिषद्मा गरिएको नयाँ नियुक्ति हेरफेर तथा कार्यबिभाजन प्रथम  दृष्टिमा नै गैरसबंधानिक , कपटपूर्ण एबं सबिधान बिपरित भएको दाबी गर्दे रिट पेश गर्नुभएको हो ।

रिट निबेदनमा २०७८जेष्ठ२गते र २१ गते गतेको प्रधानमन्त्रीको  सिफ़ारिश एवं सो सिफ़ारिश बमोजिम सोही मितिमा राष्ट्रपतिबाट  मन्त्रीपरिषद्मा  गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्य बिभाजन तथा  सो बाट हुने  सबै काम कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर गरि परमादेश लगायत अन्य उपयुक्त आदेश समेत जारी गर्न माग गरिएको छ ।

संविधानको धारा २, ७४, ७७ (ग) एवम्  संविधानको धारा ७७ (३)  को प्रतिकूल रहेकोले संविधानको धारा ४६,  १३३(२)(३) बमोजिम जेठ २१ गते भएको मन्त्रिपरिषद् हेरफेर तथा कार्य विभाजन तथा सोबाट निसृत सबै काम कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर गरि परमादेश लगायत अन्य उपयुक्त आदेश दिन रिटमा माग गरिएको छ । 

रिटमा   प्रतिषेधको आदेशले मन्त्रीपरिषद्मा  थप नियुक्ति, हेरफेर वा कार्यबिभाजन नगर्नु नगराउनु,  दैनिक कार्य संचालन बाहेक कुनैपनि  दीर्घकालिन असर पर्ने नीतिगत  निर्णय नलिनु भन्ने आदेशको माग गरिएको छ ।

यसै गरी राष्ट«लाई कुनै पनि गंम्भीर आर्थिक असर पर्ने कुनै कार्य नगर्नु , यस दौरान  अन्य कुनै पनि  नियुक्तिहरु नगर्नु नगराउनु , साथै प्रधानमन्त्रीको उक्त कार्यले संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्न जाने हुंदा मूद्दाकों अंतिम किनारा नलागे सम्म  नव  नियुक्त उपप्रधानमंत्री तथा मंत्रीहरुलाई सो हैसियतले  कुनै पनि कार्य नगर्नु नगराउनु  भनी अन्तरिम आदेश समेतको माग गरिएको छ ।