३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाकाल : खानपान र जीवनशैली परिवर्तन गरे दिगो रुपमा स्वस्थ्य हुनसक्छौँ



अ+ अ-

काठमाडौं । हामी भविष्यमा गाह्रो–साह्रो पर्ला भनेर बैंकमा पैसा जम्मा गर्छौं। सुन किनेर राख्छौं। समस्या परेका बेला कसैका अगाडी हात फैलाउन नपरोस् भनेर पैसाको सुरक्षा गर्न जान्ने हामीले आफ्नो स्वास्थ्यको सुरक्षा गर्न चाहिँ किन हेलचेक्र्याइँ गरेको होला बुझिनसक्नु छ। 

आफ्नो जीवन सुखी राख्न हामी मेहनत गर्छौं, कमाइ गर्छौं, पैसा जोगाउँछौं तर यी सबै कुराको आनन्द लिने शरीरमा रोगको सङ्क्रमण नहोस्, मन र शरीर आनन्दित होस् भन्ने कुरामा चाहिँ ध्यान दिँदैनौं। कोरोना सङ्क्रमणले जटिलतामाथि जटिलता थप्‍न थालेको छ। यद्यपि एउटा कुरा प्रष्ट छ, कोरोना हुने सबैलाई जटिल समस्या हुँदैन। तर अहिले एक्कासी श्वासप्रश्वासमा समस्या आएर प्राणवायु दिन नभ्याउँदै धेरैको मृत्यु भएको समाचार आइरहेका छन्। 

विज्ञहरूले कोरोना सङ्क्रमणले उत्पन्न गर्ने नयाँ–नयाँ समस्या र जटिलताका कुरा ल्याइरहेका छन्। जस्तै, कोरोना लागेका बेला ‘कालो ढुसी’ को सङ्क्रमण हुने व्यक्तिको स्वास्थ्यमा जटिल समस्या उत्पन्न हुनसक्छ । मधुमेह भएका व्यक्तिलाई ‘स्टेरोइड’ औषधि चलाउँदा कालो ढुसी भएर आँखा बिग्रिनुका साथै ज्यान जान सक्छ आदि।

कोरोनाबाट सकेसम्म बच्न मास्क लगाउने र साबुनपानीले हात धुने बाहेक जीवनशैली र खानपानमा ध्यान दिनु पनि जरुरी छ। खानपान र जीवनशैली परिवर्तन गरेर एक–दुई दिनमै रोगसँग लड्ने शक्ति बढ्छ भन्ने पक्कै होइन। तर, दिगो रुपमा स्वस्थ्य रहन भविष्यमा पनि कोरोना र कोरोनाजस्ता अन्य सङ्क्रमणबाट बच्न यसो गर्नुपर्छ भन्ने कुरा हामीलाई समयले सिकाएको छ।

पोषण र रोग प्रतिरोधात्मक शक्तिबारे जान्न र त्यसलाई व्यवहारमा उतार्न कोरोना सङ्क्रमण भएर घर बसेकालाई जति जरुरी छ, त्यति नै यो रोगबाट उठेर तङ्ग्रिन लागेकालाई पनि छ। यतातिर सजग भयो भने भविष्यमा उनीहरूलाई सङ्क्रमणको सम्भावना कम हुन्छ। हुन त मैले सम्भावनाकै कुरा गरेकी हुँ, किनभने कतिचोटी त अनेक तरिकाले बच्न खोज्दाखोज्दै पनि रोगले समातिहाल्छ। तर हामीले समस्या नहोस् भनेर प्रयत्न गर्न चाहिँ छाड्नु हुन्न। 

शरीरको रोगसँग लड्ने शक्ति कोरोनाको बेला मात्र होइन अरू बेला पनि सुदृढ हुनुपर्छ। क्षयरोगबाट बच्न पनि रोगसँग लड्ने शक्ति बलियो हुुनुुपर्छ। कुनै चोटपटक लागेर तङ्ग्रिन पनि रोग प्रतिरोधात्मक शक्ति बलियो हुनुपर्दछ। मधुमेह भएपछि रोगसँग लड्ने शक्ति कम हुुन्छ, त्यसैले मधुमेह सकेसम्म नहोस् भनेर प्रयत्न गर्नुपर्दछ। 

अहिले कोरोनाकालमा सङ्क्रमण भएर घरमा बसेका मानिससँगै बिरामीले स्वस्थ जीवनशैली र खानपानको महत्त्वबारे बढी बुझ्‍ने मौका पाएका छन्। तर यो मौकाको कत्तिको उपयोग गर्छन् हेर्न बाँकी छ।