२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, राष्ट्रियसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने



अ+ अ-
काठमाडौँ । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।
प्रतिनिधिसभाको बैठक विहान ११ बजे बस्नेछ । प्रतिनिधिसभामा सोमबारदेखि सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल आज पनि जारी रहनेछ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले यही जेठ १५ मा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको वार्षिक राजस्व र व्ययको अनुमान प्रस्तुत गर्नुभएको थियो । सोमबार बसेको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा ज्ञानेन्द्रबहादुर कार्की, ठाकुर गैरे, देवेन्द्र पौडेल, डोलप्रसाद अर्याल, ज्ञानेन्द्र शाही, प्रदीप यादव, राजेन्द्रप्रसाद पाण्डेले धारणा राख्नुभएको थियो । आज बाँकी सांसदहरुले छलफलमा भाग लिनुहुनेछ ।
बजेटमाथिको सामान्य छलफलपछि  विस्तृत मन्त्रालयगत छलफल भने पछि हुनेछ ।
राष्ट्रियसभाको आजको बैठकमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा मन्तव्य राख्नुहुने सम्भावित कार्यसूची छ । विहान ११ः११ बजे सुरु हुने भनिएको बैठकमा सुरुमा प्रधानमन्त्री दाहालले आफ्ना  भनाइ राख्ने र त्यसपछि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र राष्ट्रियसभा अध्यक्षले पढेर सुनाउनुहुने कार्यक्रम छ ।
त्यसपछि  अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिकको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ । अर्थमन्त्रीले उक्त प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि सामानय छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।