२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसी रेडियो स्टेशनहरू ह्याक, राष्ट्रपति पुटिनको नक्कली सन्देश बज्यो



अ+ अ-

एजेन्सी । रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ ।

ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । कीभले यस्ता गतिविधिहरूले लामो(अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ ।

नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भईरहेको छ ।

रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकहरूलाई खाली गर्ने घोषणा गरेको छ ।

‘यो वास्तवमै ह्याक थियो,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भन्नु भएको छ । बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश ‘नक्कली’ भएको बताएको छ जसको उद्देश्य ‘शान्तिपूर्ण बेलगोरोडका बासिन्दाहरूमा त्रास छर्न’ केन्द्रित रहेको बुझिएको छ ।

एमआरआइ रेडियो स्टेशनले ह्याकिंगलाई ‘पूर्ण नक्कली र उत्तेजक’ भनेको छ जुन करिब ४० मिनेटसम्म प्रसारित भएको थियो ।