• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   मातातीर्थमा तिर्थालुको भीड- तस्बिरहरु ★   राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैन: महामन्त्री थापा ★   संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु: गृहमन्त्री लामिछाने ★   सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या ★   चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान ★   मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो ★   मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ ★   भारतीय मुलका क्रिकेटरलाई बलात्कार मुद्दामा सफाइ, अस्ट्रेलियाली महिलाले आरोप लगाएकी थिइन् ★   यी चीजहरू उपहारको रूपमा दिनाले सम्बन्धमा खटपट आउँछ ★   साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी राष्ट्रपति पौडेल

प्रधानमन्त्रीको भारत भ्रमण फितलोः अध्यक्ष ओली



काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण फितलो भएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा फितलो प्रदर्शन गर्नुभएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री भ्रमणका क्रममा नेपालको शिर ठाडो पार्नेगरी गौरवपूर्ण ढंगले प्रश्तुत हुन नसकेको बताउनु भयो । उहाँले भ्रमणका क्रममा प्रोटोकल पनि नमिलेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो स्वकिय सचिवका रुपमा छोरीलाई छेउमा राखेको भएभनि परराष्ट्रमन्त्री, सचिव र चिफ अफ प्रोटोकल नजिक नहुनु गलत भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विवादको विषय प्रधानमन्त्रीज्यु यहाँले भारत गएर जस्तो फितलो प्रदर्शन गर्नुभयो नेपालको शिर ठडिनेगरी गौरवपूर्ण ढंगले प्रधानमन्त्रीज्यु प्रश्तुत हुन सक्नुभएन । नेपालको मर्यादा वास्तवमा भन्ने हो भने मलाइ भन्न मन थिएन, छैन तर प्रोटोकल पनि भएन । तरिकाहरु पनि मिलेन । परराष्ट्र मन्त्री कता छ थाहा छैन ? अर्को मन्त्री थाहा छैन कता छ ? अर्थमन्त्री कता छ थाहा छैन । नेताहरु कता छन् थाहा छैन । उहाँको पिए छोरी छेउमा देखिन्छ । पिए राख्नुभएको छ । परराष्ट्रमन्त्री राख्नुभएको छैन । परराष्ट्र सचिव छैन । परराष्ट्रको चिफ अफ प्रोटोकल छैन । परिवारको सदस्य राख्नुभएको छ । फस्र्ट लेडी भनेको स्पाउजलाई भनिन्छ । अरु फेमिली मेम्बर हो । छोरो लिएर जानुभयो भने के भन्ने फस्र्ट जेन्टलमेन्ट ? स्पाउज त होइन । फस्र्ट लेडी भनेर परिवारका सदस्यलाई भनिदैन । भोलि नातिनी लिएर जानुभयो भने के भन्ने ? सेकेण्ड लेडी ? यस्तो भद्रगोल गर्नु हुँदैन क्या । प्रोटोकललाई यस्तो भद्रगोल गर्नु हुँदैन । त्यहाँ त परराष्ट्रमन्त्री हुनुपर्छ वार्ताहरुमा । त्यहाँ मन्त्रीहरु हुनुपर्छ । त्यहाँ शिष्टाचार महापाल हुनुपर्छ । परराष्ट्र सचिव हुनुपर्छ । त्यहाँ नोट मेकिङ गर्ने मान्छे हुनुपर्छ । अफिसियल रेकर्ड राख्ने मान्छे हुनुपर्छ ।’

अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै उपलब्धि नभएको बताउनु भयो । उहाँले १५ ओटा राँगा ल्याउने बाहेक कुनै प्रगति नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अब फुर्तिफार्ति प्रधानमन्त्रीज्यूको हेर्दाखेरी सारा जितेर फर्किदै गरेको सिकन्दर जस्तो । सब फाँडेर फर्किएको चङ्गेश खाँ जस्तो । विजयी । अचम्म लाग्यो । साँच्चै ल्याएको चाहीँ के भने १५ वटा राँगा । अरु कुरा त प्रधानमन्त्रीज्यु प्रमाणित गर्नुपर्छ यो ल्याएँ भनेर । ल्याएको चाहीँ १५ वटा राँगा नै हो । चढेर आएपनि डाहो¥याएर ल्याएपनि ।’

अध्यक्ष ओलीले नागरिकता सम्बन्धी विधेयक संसदमा पुनः ल्याउनुपर्ने बताउनु भयो । उहाँले सो विधेयकको सम्बन्धमा संसदमा छलफल गर्न पाउनुपर्ने बताउनु भयो । संसदमा नयाँ सदस्यहरु आएको भन्दै उहाँले विधेयकको सम्बन्धमा संसदमा छलफल आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो विधेयकलाई ल्याउनुपर्छ पार्लियामेन्टमा । फेरि ल्याउनुपर्छ । जसो गरेर पनि पार्लियामेन्टमा ल्याउनुपर्छ । पार्लियामेन्टले छलफल गर्न पाउनुपर्छ । यो नयाँ पार्लियामेन्ट हो । अनि भुत भइसकेको त्यो विधेयक कहिलेको ? कुन सभामुखले कस्तो तरिका होला हेर्नुस् त ? फम्र्याट छ एउटा सभामुख अग्नि सापकोटाको सिफारिस । कहिलेको सिफारिस ? कुन पार्लियामेन्टमा अग्नि सापकोटा हुनुहुन्थ्यो ? उत्तापट्टी बसेका ?(रास्वपा सांसदहरुतर्फ देखाउँदै) साथीहरुलाई थाहा छ ? अग्नि सापकोटा कहिलेको पार्लियामेन्टको सभामुख उहाँहरुले देख्नुभएको छ ? त्यसमा उहाँहरुले छलफल गर्न पाउनुभएको छ ? त्यो भएको छैन कानून भने कानून हुनुभन्दा अगाडी उहाँहरुले संसदमा छलफल गर्न पाउनु प¥यो कि परेन ?’

उहाँले प्रधानमन्त्रीको भारत भ्रमणले राष्ट्रिय स्वाभिमानमा धक्का पुगेको र सरकारमाथि सन्देह पैदा भएको बताउनु भयो ।