२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२३ मा हवाई उद्योगले कोभिडपछिको कीर्तिमानी रेकर्ड कायम गर्ने



अ+ अ-

इस्तानबुल । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)ले गरेको छ ।

यो सेवा सङ्ख्या सन् २०१९ को रेकर्डको नजिक पुगेको छ । कोभिड महामारीबाट विश्व समुदाय विस्तारै सामान्य अवस्थामा फर्किएको र यसको लाभ विश्वभरीका उडान सेवाले लिने आईएटीएले सोमबार बताएको हो ।

आईएटीएका अनुसार सन् २०२३ मा खूद मुनाफा ९.८ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, वा अघिल्लो अनुमानको दोब्बर हुनेछ । विश्व समुदायसँगै कोभिडबाट बढी प्रभावित मुलुकमध्येको एक राष्ट्र चीनले पनि कोभिड प्रतिबन्धको अन्त्य गरेपछि खूद मुनाफा अनुमानभन्दा बढी अर्थात् दोब्बर पुग्ने प्रक्षेपण गरिएको हो ।

सङ्गठनका अनुसार सन् २०२२ मा ३।६ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी अनुमान गरिएकोभन्दा आधा कम नोक्सान भएको थियो । “सन् २०२३ मा एयरलाइन्सको वित्तीय प्रदर्शनले अपेक्षालाई पराजित गरिरहेको छ,” आईएटीएका महानिर्देशक विली वाल्शले इस्तानबुलमा सङ्गठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भन्नुभयो ।

“बलियो लाभप्रदता धेरै सकारात्मक विकासहरूद्वारा समर्थित छ । चीनले अनुमान गरेभन्दा पहिले यस वर्षको सुरुमा कोभिड–१९ प्रतिबन्ध हटाएको थियो,’ वाल्शले भन्नुभयो ।

हवाई इन्धनको मूल्य उच्च रहे पनि वर्षको पहिलो छ महिनामा भने यो मूल्यमा कमी आएको उहाँले बताउनुभयो ।

फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण ऊर्जाको लागत बढेको थियो तर त्यसयता तेल र प्राकृतिक ग्यासको मूल्यमा गिरावट आएको छ ।

लागत पक्षमा, केही राहत भएको वाल्शले बताउनुभयो । “आर्थिक अनिश्चितताले यात्रा गर्ने इच्छालाई कम गरेको छैन, यद्यपि टिकटको मूल्यले इन्धनको उच्च लागतलाई अवशोषित गरेको छ,” उहाँले भन्नुभयो ।

महामारीले वायुसेवा उद्योगलाई तहसनहस पारेको र सन् २०२० मा देशहरूले लकडाउन लागू गर्दा र सीमाहरू बन्द गर्दा १३७ अर्ब डलर गुमाएको थियो ।

यस क्षेत्रले सन् २०२१ मा थप ४२ अर्ब डलर गुमाएको थियो र गत वर्ष पनि रातो अवस्थामा थियो किनकि एक प्रमुख बजार चीनले कोभिड प्रतिबन्धहरूलाई जारी राख्ने अनुमान गरिएको थियो तर अन्ततः डिसेम्बरमा चीनले पनि कोभिडजन्य सबै प्रतिबन्ध हटाएको थियो ।