२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरका विपन्न परिवारलाई खाद्य सामग्री वितरण



अ+ अ-

मकवानपुर । जिल्लाको पश्चिमभेगमा पर्ने राक्सिराङ गाउँपालिकाको दुर्गम भेग वडा नं ७ र ९ मा आज बिहानदेखि विपन्न परिवारलाई खाद्यान्न सामग्रीका प्याकेट वितरण गरिएको छ ।

कोरोना सङ्क्रमणको जोखिम र निषेधाज्ञाका कारण ती दुवै वडाका दैनिक ज्यालादारी गर्ने अवसरबाट वञ्चित भएका करीब ७०० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । 

विपन्न परिवारका प्रत्येक घरलाई चामल २५ किलो, खाने तेल दुई लिटर, दाल दुई किलो र नुन दुई प्याकेट पनि वितरण गरिएको उहाँले जानकारी दिनुभयो । 

उक्त खाद्य पदार्थ नेपाली कांग्रेस जिल्ला कार्यसमिति र उद्योग वाणिज्य सङ्घको संयुक्त लगानीमा एक हजार परिवारलाई पुग्ने गरी हाललाई गाउँपालिकाका अध्यक्ष मल्ललाई कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले हस्तान्तरण गर्नुभएको थियो ।
    
यसैगरी राक्सिराङको सरिखेतमा पनि एक सय विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताउनुभयो । रासस