६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूर्रा भैंसीको प्रसंगले संसदमा ‘हंगामा’ (भिडियोसहित)



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे जानकारी दिने क्रममा मूर्रा भैंसीको प्रसंगबारे कुरा उठाउनुभएको छ ।

‘भैंसीको कुरा अहिले भएको होइन । आजभन्दा सात वर्षअघि नै मूर्रा भैंसी ल्याउने कुरा भएको रहेछ । मान्छेले अहिले मलाई भैंसी चढाएर हिँडेका छन्,’ प्रधानमन्त्रीले भन्नुभयो ।

यो भैंसीको प्रसंग उठेपछि प्रतिनिधिसभामा हंगामा मच्चिएको छ । प्रधानमन्त्री दाहाललाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भारत भ्रमणमा गएका प्रधानमन्त्री ‘भैंसी चढेर आएको’ भनेपछि सत्तापक्षका सांसदले आपत्ति जनाएका थिए ।

मा‌ओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उक्त शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउने माग गर्नुभयो । तर, एउटा सांसदले बोलिरहेको बेलामा अर्काले आपत्ति जनाएको भन्दै एमाले र रास्वापाका सांसदहरूले उठेर प्रतिवाद गरे। एमाले नेता सूर्य थापाले सत्ता पक्षबाट दादागिरी भएको भन्दै नियमापत्ति समेत जनाउनुभयो ।

त्यसपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभयो । लगत्तै एमाले नेता रघुजी पन्तले पुन आपत्ति जनाउँदै प्रधानमन्त्रीले भैंसीको कुरा उठाएकाले प्रधानमन्त्रीले बोलेको विषय पनि रेकर्डबाट हटाउन माग गर्नुभयो । यस्तै, रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले प्रधानमन्त्री स्वयंले भनेको कुरालाई लिएर आफ्ना सांसद हटाउने कुरा आपत्तिजनक भएको बताउनुभयो ।