२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूधलाई भन्दा पाडापाडी हुर्काउन जोड



अ+ अ-

गण्डकी । यहाँको एउटा भैँसी फार्मले दूधलाई भन्दा पाडापाडी हुर्काउने अभियानमा जुटेको छ । पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि फार्मले दूध उत्पादनसँगै गोठमा जन्मिएका पाडापाडी हुर्काउने र उन्नत जातको राँगो दिएर माहु भैँसीलाई प्रजनन गराउँदै नस्लसुधार अभियानमा जोड दिएको हो ।

उत्पादन वृद्धिसँगै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ स्थानीय तीन व्यक्तिको लगानीमा २०७३ सालदेखि शुरु गरिएको फार्ममा अहिले जन्मेका १२  पाडी छन् भने एक वर्षको अवधिमा रु एक लाख मूल्य बराबरका पाँच पाडा बिक्री गरेको फार्मका सञ्चालक मोहनबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार गोठमा जन्मेका पाडापाडीलाई शुरुमा साढे एक थुन दूध दिने गरिएको छ । पछि बिस्तारै दाना र घाँस खान शुरु गरेपछि दूध घटाउने गरिएको जानकारी दिँदै गोठमा जन्मेको एउटा पाडी ब्याउने समेत भएको र अन्य पनि हुर्कंदै छन् । “भारतबाट खरीद गरेर ल्याएका भैँसी दूध दिने समयसम्म दुहुने र दूध घट्ने बित्तिकै मासुमा बिक्री गर्दा कृषकलाई त क्षणिक फाइदा होला तर राज्यको ठूलो रकम विदेशिने गरेको छ”, उहाँले भन्नुभयो, “त्यस्तो विदेशिने रकम रोक्नका लागि पाडापाडी हुर्काउने र नयाँ माहु भैँसीलाई उन्नत जातको राँगो दिएर नस्ल सुधार गर्नु अपरिहार्य छ ।”

गोठमा अहिले १२ पाडीसहित १६ ब्याउने र १२ दुहुना भैँसी रहेको जानकारी दिँदै उहाँले दैनिक ३० लिटर दूध उत्पादन हुने गरेको छ । उहाँले प्रतिलिटर रु १४० मा बिक्री गर्दा मासिक रु एक लाख २६ हजार आम्दानी हुने गरेको जानकारी दिनुभयो । उन्नत नस्ल उत्पादनका लागि पशु ज्ञान केन्द्रले राँगो खरीदका लागि रु ५० हजार अनुदान दिएको छ । कूल रु ६० हजारमा खरीद गरेको राँगाको तौल ८०० किलो रहेको छ । महानगरपालिकाबाट बायोग्यास प्लान्टका लागि रु ५० हजार अनुदान  प्राप्त गरेको छ ।

“फार्ममा उत्पादित दूध बिक्री हुँदैन कि भन्नै पर्दैन, ग्राहक बिहान–बेलुका दूध खरीद गर्न फार्ममै आउँछन्”, कार्कीले भन्नुभयो, “दूधमा गोठदेखि ओँठसम्म शुद्धतामा ध्यान दिएका छौँ, फार्ममा उत्पादित भैँसीको दूधमा आठ प्रतिशत ‘फ्याट’ हुन्छ ।” कतिपय दूध त कर्मचारीमार्पmत छिमेकका घरघरमा पुर्याउँदै आएको उहाँको भनाइ छ । फार्ममा रहेको एउटा भैँसीले दैनिक १५ लिटर दूध दिने गरेको छ । गोठमा ५० माहु भैँसी पुर्याएर दूध बिक्रीबाट मात्र मासिक रु दुई लाख र गोठमा वार्षिक २५ माहु भैँसी उत्पादन गरेर रु ३० लाखभन्दा बढी आम्दानी गर्नाका साथै जन्मेका २५ पाडा बिक्रीबाट समेत रु छ देखि सात लाख आम्दानी गर्ने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ ।

दानामा नभई घाँसमा आधारित भैँसीपालनलाई जोड दिँदै आएको फार्मले १०० रोपनी जग्गामा उन्नत जातको मकै, नेपियर लगायतका विभिन्न दुधालु जातका घाँसका बिरुवा लगाएको छ । उत्पादित घाँसलाई दानामा मिसाएर भैँसीलाई खुवाउँदा दूधमा बाक्लोपनको मात्रा बढी हुनाका साथै भँैसीको स्वास्थ पनि राम्रो हुने गरेको उहाँको भनाइ छ । फार्मका लागि आवश्यक दानसमेत उत्पादन गरिँदै आएको छ ।