३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइयो



अ+ अ-

रामपुर (पाल्पा) । पाल्पामा जारी निषेधाज्ञाको समयाबधि पुनः एकहप्ता थप गरिएको छ । यही जेठ २४ गते सम्म कायम गरिएको निषेधाज्ञालाई लम्ब्याइ जेठ मसान्तसम्म पुर्‍याइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले बन्द रहेका वाणिज्य बैंकहरु बिहान ७ वजेदेखि १० सम्म खोल्ने निर्णय गरेको छ  । अन्य वित्तीय संस्थाका सेवा भने पूर्ण रुपमा बन्द गरिने जनाइएको छ ।

कोभिड विरुद्धको खोप लगाउने स्थान पालिका भित्रका सबै वडामा व्यवस्थापन गर्ने र खोप लगाउने उमेर समूह ६०–६४ वर्ष भनिएकामा खोप कम उपलब्ध भएकाले ६२–६४ उमेरका लागि मात्र लगाइने निर्णय भएको समितिले जनाएको छ । रासस