३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसमी तथा बेमौसमी तरकारीबाट राम्रो आम्दानी



अ+ अ-

गण्डकी । भाडामा लिएको १६ रोपनी जग्गामा सञ्चालित फार्ममा पशुपालनसँगै प्लाष्टिकको टनेलभित्र यतिखेर लटरम्म गोलभेँडा फलेको छ । चैत महिनामा लगाइएको सिर्जना जातको गोलभेँडाका बोटले उत्पादन दिन शुरु गरेको कृषक हरिबहादुर कार्की बताउनुहुन्छ । अहिले दैनिक ५० देखि ६० किलो उत्पादन हुने गरेको छ । बजारमा होलसेल मूल्य रु ५० देखि ५५ रहने गरेको छ । टनेलभित्र मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको उहाँको भनाइ छ । 

उहाँका अनुसार नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (एकाइ) तरकारी सुपरजोनको रु १३ लाख ७५ हजार अनुदान र फार्मका तर्पmबाट रु दुई लाख ५० हजारको लागतमा निर्माण गरिएको तापानुकूलित हाइटेक, फार्मले निर्माण गरेको टनेलभित्र लगाइएको काँक्रोबाट एक याममा रु ८० हजार, सागबाट रु ३० हजार र गोलभँेडाबाट वार्षिक रु दुई लाख, तथा अन्य सिमी, धनियाँ लगायतबाट समेत राम्रै राम्दानी हुने गरेको छ । 

पशुपालन तथा तरकारी फार्ममा हालसम्म रु एक करोड ५० लाख लगानी भइसकेको छ । फार्ममा हाल आठजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उनीहरूको मासिक पारिश्रमिकमा मात्र रु एक लाख २० हजार खर्च हुने गरेको छ । उनीहरूका लागि खाना र बासको समेत फार्मले छुट्टै व्यवस्था गर्दै आएको छ । 

पशुपालन एवम् तरकारी खेतीका लागि अत्यावश्यक पानीका लागि रु २२ लाखको लागतमा डिप बोरिङ गरेर पानीको व्यवस्था गर्दै आएको फार्मले सहुलियत ब्याजदरमा बैकबाट रु ३५ लाख ऋण लिएको छ । भैँसीको मल तरकारीलाई र तरकारीबाट उत्पादन भएको घाँस भैँसीलाई दानाका रुपमा प्रयोग गरेर फार्मले दोहोरो फाइदा लिँदै आएको छ । भैँसीको आलो गोबरलाई विभिन्न प्रविधि अपनाएर बनेको कम्पोष्ट हाइटेकभित्र लगाउने सबै खाले तरकारी बारीमा प्रयोग गरिएका कारण उत्पादित जैविक तरकारीप्रति उपभोक्ताको आकर्षण बढेको छ ।

विश्वव्यापीरुपमा पैmलिएको कोभिड–१९ को सङ्क्रमण पैmलिन नदिनका लागि सरकारले गरेको बन्दाबन्दीका कारण बाहिरबाट तरकारी नआएपछि यहाँको उत्पादनले बजार पाएको कृषक बताउँछन् । कृषिमा युवा शक्तिलाई लगाउन सरकारीस्तरबाट गुणस्तरीय बीउ, मल, दानासहित बजारीकरणको समेत उचित व्यवस्था गर्नुपर्ने टड्कारो आवश्यकता रहेको छ ।