२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डले संघिय संसद्को दुबै सदनमा प्रष्टीकरण दिने



file photo
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघिय संसद्को दुबै सदनमा प्रमुख प्रतिपक्ष नेकपा एमाले लगायतका दलहरुले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिने संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले संसदमा सुरुमै प्रष्टीकरण राख्ने तयारी गरेको संसद् सचिवालयले जनाएको हो ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र नागरिकता विधेयकको विषयलाई लिएर आइतबार सदन अवरोध गरेका थिए । उनीहरले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनि दिएका थिए ।

संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले अहिले केहीबेरमा प्रमुख दलका सचेतकहरूसँग छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि आइतबार साँझ सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन संवाद गर्दै सरकारका तर्फबाट अवरोध हटाउन पहल गर्न आग्रह गरेका थिए ।