३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलको थुनाबाट मुक्त भइन् अल जजिराकी पत्रकार



अ+ अ-

एजेन्सी । अल जजिरा अरेबिककी पत्रकार गिभारा बुढिरीलाई इजरायलले रिहा गरेको छ । 

उनी शनिबार पूर्वी जेरुसलेनम नजिकैको शेख जर्रामा भएको प्रदर्शनको समाचारमा संकलन गर्ने क्रममा पक्राउ परेकी थिइन् । 

त्यसपछि इजरायली प्रहरीले घण्टौंसम्म उनलाई हिरासतमा राखेको थियो । यस क्रममा अल जजिराका क्यामेराम्यान नबिल माज्जावीमाथि पनि दुव्यवर्हार भएको बताइएको छ । 

उनले  बोकेका उपकरणहरु इजरायली प्रहरीले फुटाइदिएको अलजजिराले जनाएको छ । प्रेस स्वतन्त्रतामाथिको यस हमलाको मिडिया पर्यवेक्षक तथा विभिन्न संघ संस्थाहरुले विरोध गरेका थिए । 

बुढिरीले आफुमाथि नियमवस हमला गरिएको बताएकी छन् । उनी सन् २००० देखि अल जजिरामा कार्यरत छिन्, त्यस्तै, उनले प्रेस लेखिएको ज्याकेट पनि लगाएकी थिइन् । त्यसका बाबजुद आफुमाथि अपराधी सरह व्यवहार गरिएको उनले आरोप लगाएकी छन् ।