२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलको थुनाबाट मुक्त भइन् अल जजिराकी पत्रकार



अ+ अ-

एजेन्सी । अल जजिरा अरेबिककी पत्रकार गिभारा बुढिरीलाई इजरायलले रिहा गरेको छ । 

उनी शनिबार पूर्वी जेरुसलेनम नजिकैको शेख जर्रामा भएको प्रदर्शनको समाचारमा संकलन गर्ने क्रममा पक्राउ परेकी थिइन् । 

त्यसपछि इजरायली प्रहरीले घण्टौंसम्म उनलाई हिरासतमा राखेको थियो । यस क्रममा अल जजिराका क्यामेराम्यान नबिल माज्जावीमाथि पनि दुव्यवर्हार भएको बताइएको छ । 

उनले  बोकेका उपकरणहरु इजरायली प्रहरीले फुटाइदिएको अलजजिराले जनाएको छ । प्रेस स्वतन्त्रतामाथिको यस हमलाको मिडिया पर्यवेक्षक तथा विभिन्न संघ संस्थाहरुले विरोध गरेका थिए । 

बुढिरीले आफुमाथि नियमवस हमला गरिएको बताएकी छन् । उनी सन् २००० देखि अल जजिरामा कार्यरत छिन्, त्यस्तै, उनले प्रेस लेखिएको ज्याकेट पनि लगाएकी थिइन् । त्यसका बाबजुद आफुमाथि अपराधी सरह व्यवहार गरिएको उनले आरोप लगाएकी छन् ।